राखु समाज युकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

  • ९ चैत्र २०७७, सोमबार
  • 3126 पटक पढिएको

युके, ९ चैत । युकेमा रहेका म्याग्दीको राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ७ औँ बार्षिक साधारणसभाबाट सन २०२१–०२३ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो । कोरोना महामारिको कारण युकेमा जारी लकडाउनको कारण प्रत्येक्ष भेटघाट नगरिकन जुम बैठक मार्फत साधारण सभा सम्पन्न गरिएको थियो ।
साधारण सभाबाट अध्यक्षमा विष्णु भण्डारी चयन हुनुभएको छ । मोना प्रबासी नेपाली संघ (युके) का बर्तमान सचिब समेत रहनुभएका भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।                                     संस्थाको उपाध्यक्षमा सन्जिब मल्ल, महासचिवमा कपिल मल्ल (गोकुल ), कोषाध्यक्षमा दिपक मल्ल , संयोजकमा एकेन्द्र भण्डारी तारा, सचिबमा मेख भण्डारी , सहकोषाध्यक्षमा पुस्पा मल्ल , सहसम्योजकमा खिम क्षेत्री,
महिला प्रतिनिधी संयोजकमा सुजता भण्डारी चयन हुनुभएकाे छ । कार्यक्रममा संस्थापक अध्यक्ष÷संरक्षक मेजर डम्बर साही , सल्लाहकार सोभिता साही , भगवान मल्ल, अमर मल्ल, अर्जुन मल्ल रत्न साही सहित राखु समाज युके बासीहरुको सक्रिय सहभागीता रहेको थियो । बैठकको सञ्चालन महासचिब नन्द मल्लले गर्नुभएको थियो भने डिजिटल होस्ट बिष्णु भण्डारीले गर्नु भएको थियो ।
राखु समाज युकेले आफ्नो जन्म भुमी लाई, राखु एउटा नाम, एउटा गाउँ, एउटै परिवार सम्झी हरेक आपत बिपतमामा सहायेग गर्दै आएको छ । कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष अमर मल्लको रोहवरमा सोभिता साही, अर्जुन मल्ल ,मेख मल्ल , रत्न ब साही सहित चुनानी प्रर्यवेक्षक मे.डम्बर साही र भगवान मल्लको प्रत्यक्ष निगरानीमा गरिएको थियो ।                                      कार्यक्रममा सोभिता साहीद्वारा निर्वाचित सदस्यहरुको नाम घोषण गर्नु भएको थियो । कार्यक्रममा संरक्षक शाहीले प्रवेशमा रहेपनि आफ्नो जन्मभूमिको सेवामा इमान्दारीताका साथ लागी परेको संस्थाको गरिमालाई बढाइराख्नुपर्नेमा जोड दिनुभएको थियो । निबर्त्मान अध्यक्ष रत्न साहीले कठिन परिस्थितिमा पनि गाउँ समाज लाई योगदान दिने संस्थाका संस्थापक, संरक्षक , सल्लाहकार र सक्रिय सदस्यहरुहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।