दरबाङ्गमा प्रथम मालिका महोत्सव हुदै (भिडियो)

  • १० चैत्र २०७७, मंगलवार
  • 1656 पटक पढिएको

म्याग्दी १० चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो ।

मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा विकास, पर्यटन र व्यापारको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको उद्योग बाणिज्य संघ मालिका ईकाइका अध्यक्ष लेक बहादुर पुनले जानकारी दिनुभयो ।मंगलवार दरबाङमा आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवको उदेश्य र कार्यक्रमहरु सार्वजनिक गरिएको छ । कार्यक्रममा इकाईका अध्यक्ष पुनले कोरोनाको कारण प्रभावित बनेको अर्थतन्त्रलाई चलायमान बनाउनुको साथै लुकेर रहेका प्रतिभाहरुको पहिचान, मौलिक कला संस्कृतिको विकासका लागि महोत्सव सहयोगी बन्ने अपेक्षा गरिएको बताउनुभयो ।

महोत्सवको अवसरमा मालिकाका पर्यटकीय स्थल मालिका धुरी, दुरुलेक, भाले बास्ने ताल, देउताभिर गुफा, बिम र निस्कोट बराह, गाइखर्क ताल, लगायत तालहरु, ओखरबोट र रुम लगायतका क्षेत्रमा रहेका खानीको सम्भावनाको प्रचार प्रसार र उजागरमा सहयोग पुग्ने कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले मालिका गाउँपालिकामा मेला लगायतका विविध गतिविधि हुँदै आएपनि महोत्सवकै रुपमा पहिलो पटक आयोजना हुन लागेको मालिका महोत्सवले यस क्षेत्रको पर्यटकीय सम्भावनाको उजागरमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले महोत्सवलाई सफल बनाउन पालिकाको तर्फबाट आबश्यक सहयोग, सहकार्य र समन्वय भैरहेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालु र वडा नम्बर ६ का वडा अध्यक्ष सन्तनाथ जैसीले स्थानीय उत्पादनको प्रचार प्रसार र बजारीकरण संगै लुकेर रहेका खेल र कला प्रतिभाको पहिचानमा महोत्सवमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सन्तोष पौडेलले महोत्सवलाई शान्त रुपमा सम्पन्न गर्नका लागि आबश्यक सहकार्य हुनेमा जोड दिनुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका सदस्य गोपालप्रसाद रेग्मीले यस क्षेत्रमा आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन जिल्ला समितिसंग समेत समन्वयात्मक रुपमा भुमिका खेल्ने बताउनुभएको थियो ।


महोत्सवमा पुरुष÷महिला भलिबल, लोक दोहोरी, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रर्दशनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारहरुको साँगेतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघ मालिका इकाईका सचिव अमृत सापकोटाले जानकारी दिनुभयो । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय हुनेलाई क्रमश ः रु. ७५ हजार, ५० हजार र ३० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ः रु. ७० हजार, ५० हजार र ३० हजार, महिला भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश रु. ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कृषि प्रर्दशनीमा प्रथम, द्धितीय र तृतीयलाई क्रमश रु. १० हजार, पाँच हजार र तीन हजार तथा नौमति बाजामा सहभागि समूहलाई छ÷छ हजार र ख्याली नृत्यमा सहभागिलाई पाँच ÷पाँच हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नेे महोत्सवको १४ वटा उपसमिति बनाएर तयारी सुरु भएको छ । रु. ३३ लाख आम्दानी र २८ लाख खर्च हुने महोत्सवबाट बचत हुने रकम पर्यटन पूर्बाधार निर्माण र प्रर्वद्धनमा खर्च गरिने आयोजकले जनाएका छन् ।