विशेष
म्याग्दीमा पहिरोमा वेपत्ताको संख्या २९ पुग्यो
- 5 बर्ष, 1 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
म्याग्दी, २६ असार । लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको विभिन्न स्थानमा गरेर २९ जना बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउपालिका मराङमा २१ जना र मालिका गाउँपालिकाको विममा ८ जना बेपत्ता भएका हुन् । घटनास्थलमा प्रहरी टोली नपुगेको कारण कति जना बेपत्ता, कति घरमा क्षति पुगको विवरण आउन बाकी रहेको... पुरा पढ्नुहोस
आवास बिहिन आरबाङका रोका परिवारको लागि घर निर्माण
- 5 बर्ष, 2 महिना अगाडि
- २२ असार २०७७, सोमबार
म्याग्दी २२ असार । धवलागिरी गाउपालिका–६ मराङको आरबाङमा आवास बिहिन एक परिवारको लागि घर निर्माण गरिएको छ । धवलागिरी गाउपालिकाको आवास बिहिन जनतासँग वडा अध्यक्ष कार्यक्रम मार्फत तुलबहादुर रोकालाई चर्पी र दुई कोठे घर बनाएर हस्तान्तरण गरिएको हो । गाउपालिकाले बिनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट भूकम्प प्रतिरोधी क्षमताको... पुरा पढ्नुहोस
स्थानीय तहको बार्षिक प्रगति समिक्षा
- 5 बर्ष, 2 महिना अगाडि
- २२ असार २०७७, सोमबार
म्याग्दी, २२ असार । म्याग्दीका ६ स्थानीय तहको बार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति आयोजनामा जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल लगायतको उपस्थितमा आईतबार पालिकाको बार्षिक प्रगतिको समिक्षा गरिएको हो । बजेट कार्यान्वयन सन्तोषजनक भएपनि बजेट टुक्रे योजनामा सिमित हुदाँ दिगो पुर्वाधारको लक्ष पुरा नहुने सरोकारहरुले चिन्ता... पुरा पढ्नुहोस
धुविचौर बस्ती पहिरोको जोखिममा
- 5 बर्ष, 2 महिना अगाडि
- १९ असार २०७७, शुक्रबार
म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु रुईसे टोलमा रहेको धुविचौर बस्तीमा ४ घर पहिरोको उच्च जोखिममा परेको छ । विकास निर्माणमासंगै रिटनिङ पर्खाल नलगाउदाँ र अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा धुविचौरको बस्ती जोखिममा परेको हो । धुवीचौरका स्थानीय बासी अविनाश शिलाधरले पहिरोको उच्च जोखिममा तत्काल... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको साढे ५८ करोड रुपैयाको बजेट पारित
- 5 बर्ष, 2 महिना अगाडि
- १८ असार २०७७, बिहीबार
म्याग्दी, १८ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ काे साढे ५८ करोड रुपैया बजेट पारित गरेको छ । यही असार १० गते सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट विहिबार बसेको नगरसभाले पारित गरेको हो । आगामी आर्थिक बर्षको प्रस्तुत नीति... पुरा पढ्नुहोस
जुवाखालबाट सातजना जुवाडे प्रहरीको नियन्त्रणमा (नामसहित)
- 5 बर्ष, 2 महिना अगाडि
- १८ असार २०७७, बिहीबार
म्याग्दी, १८ असार । म्याग्दीको बेनी नगरपालिका–८ बेनीबजारस्थित कालीपुलबाट जुवा खेल्दै गरेको अवस्थामा बुधबार साझँ प्रहरीले नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो । जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री,... पुरा पढ्नुहोस
विदेशको कमाई गाउँमै ब्यवसायीक बाख्रापालनमा लगानी
- 5 बर्ष, 2 महिना अगाडि
- १६ असार २०७७, मंगलवार
धिरन खत्री म्याग्दी, १६ असार । १० बर्ष दक्षिण कोरिया बसेर फर्किएका बेनी नगरपालिका –१० पात्लेखेतका ४० बर्षिय भविन्द्र पाईजाले विदेशमा कमाएको पैसा र सिपलाई प्रयोग गरेर ब्यवस्थित संरचना निर्माण गरी गाउँमा बाख्रापालन गरेका छन् । विदेश बसेर स्वदेशको महत्व बुझेका पाईजाले ३ बर्ष अघि जन्मगाउँ फर्किएर ३५ लाख रुपैयाँ... पुरा पढ्नुहोस
ट्राफिक प्रहरीलाई लायन्स क्लब बेनी पिस सिटीको सहयोग
- 5 बर्ष, 2 महिना अगाडि
- १५ असार २०७७, सोमबार
म्याग्दी १५ असार । लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्ला ट्राफिक कार्यालयलाई एन ९५ मास्क, ग्लोस्स र सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिकलाई क्लवका पूर्व अध्यक्ष एवम् लायन्स क्लव ३२५ बि १ नेपालका बर्ष २०२०–२१ का रिजन चियरपर्सन लोकेश पुन... पुरा पढ्नुहोस
सडकको बाढी नियन्त्रण नहुँदा राहुघाटबस्ती जोखिममा (तस्विर सहित )
- 5 बर्ष, 2 महिना अगाडि
- १५ असार २०७७, सोमबार
म्याग्दी, १५ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ राहुघाट बस्ती बाढीको चपेटामा परेको छ । गलेश्वर, पिप्ले हुदै भगवती पुग्ने सडक स्तरोन्नती योजनामा ब्यवस्थित तवरले भलबाढी नियन्त्रण नगर्दा गलेश्वरपारी पट्टी राहुघाट नदीको किनारमा रहेको बस्ती जोखिममा परेको हो । गलेश्वरदेखि पिप्ले खण्डमा सडक विस्तार गर्दा नाली ब्यवस्थापन नगरिदाँ सडकहुदैँ जम्मा... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाकाे आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)
- 5 बर्ष, 2 महिना अगाडि
- ११ असार २०७७, बिहीबार
मालिका गाउँपालिका दरबाङ्ग,म्याग्दी गण्डकी प्रदेश मालिका गाउँपालिका दरबाङ्ग म्याग्दी आ.व.२०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम ६ आषाढ २०७७ सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको... पुरा पढ्नुहोस