म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमण, २३ जना निको भए

  • ३१ बैशाख २०७८, शुक्रबार
  • 1361 पटक पढिएको

म्याग्दी ३१ वैशाख । म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको छ । पिसिआर परिक्षणबाट बेनी नगरपालिकाका ३४ जना, रघुगंगा गाउँपालिकाका ५ जना, मालिका गाउँपालिकाका ४ जना, अन्नपूर्ण गाउँपालिकाका १ जना तथा जलजला गाउँपालिका का का ४ जना गरी जम्मा ४८ जनामा कोारोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, एन्टीजेन परिक्षणबाट बेनी नगरपालिका का ४ जना, मंगला गाउँपालिकाका २ जना , अन्नपूर्ण गाउापालिका का १ जना रघुगंगा गाउँपालिकाको १ जना तथा जलजला गाउापालिकाका २ जना गरी जम्मा १० जना गरी कुल जम्मा ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको हो । यो सगै म्याग्दी जिल्लामा जम्मा संक्रमितको संख्या पिसिआर विधिबाट ५४६ र एन्टीजेन विधिबाट ९८ गरी कुल जम्मा ६४४ जना पुगेको छ । हाल जिल्लामा २२३ जना सक्रिय संक्रमित रहेका छन भने आज निको भएर २३ जना आईसोलेशन मुक्त भएका छन ।