विशेष

अन्नपूर्ण आरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए

कमल खत्री म्याग्दी १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् । यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक... पुरा पढ्नुहोस

समाजसेवि शाहीद्धारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ । राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८० मा ए प्लस ग्रेड ल्याउनेलाई रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु ५ हजार नगद पुरस्कार दिने शाहीले घोषणा गर्नुभएको थियो... पुरा पढ्नुहोस

१३७ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका ७ मङ्गलाघाटमा १३७ वर्षअघि बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ। प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो। वि.सं १९४४ मा बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी पुल... पुरा पढ्नुहोस

रघुगङ्गा खोलामा ५ जलविद्युत् आयोजना अन्तिम चरणमा

१३ कात्तिक, म्याग्दी । रघुगङ्गा गाउँपालिमा १६७.३ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् । तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी... पुरा पढ्नुहोस

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

१३ कात्तिक, म्याग्दी । घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम,... पुरा पढ्नुहोस

पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गनेंको घुइँचो

म्याग्दी, १३ कात्तिक । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृ तर्पण गर्नेको घुँइचो लागेको छ । यस बर्षको सोह्र श्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृ तर्पण गर्न आउन नपाएकाहरु दसैँ लगत्तै आउन थालेका हुन् । कागबेनी स्थित कालीगण्डकी नदि किनारको श्राद्धस्थलमा पितृ... पुरा पढ्नुहोस

उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए। ‘लोमान्थाङको नजिकै भएर... पुरा पढ्नुहोस

मुक्तिनाथमा पर्यटकको भिडभाड, दैनिक चार हजार पर्यटकद्धारा भ्रमण

म्याग्दी (बेनी), ११ कात्तिक । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलको रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भडी लागेको छ। दसैँको टिका सकिएलगत्तै मुक्तिनाथमा धार्मिक पर्यटकहरुको आगमन बढेको हो । दशदिनयता दैनिक ४ देखि ५ हजार पर्यटकहरु मुक्तिनाथ आएका छन् । मौसम सफा भएसंग मुक्तिनाथ मन्दिरको दर्शन गर्न र मुस्ताङको... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाबाट मिर्गौला पिडित भण्डारीको उपचारमा रु १ लाख ६० हजार सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज अष्ट्रेलियाको नेतृत्वमा संकलन भएको रु १ लाख ६० हजार सहयोग गरिएको राखु समाज... पुरा पढ्नुहोस

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

११ कात्तिक, गण्डकी । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं... पुरा पढ्नुहोस