विशेष
पहिरोले बेनी–जोमसोम सडकको यात्रा असुरक्षित
- 8 दिन अगाडि
- ३० श्रावण २०८२, बिहीबार
म्याग्दी , २९ साउन । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो... पुरा पढ्नुहोस
डाँडाखेत सब स्टेसनको पूर्वाधार निर्माण सकियो
- 9 दिन अगाडि
- २९ श्रावण २०८२, बुधबार
म्याग्दी, साउन२८ गते । म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सब स्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सब स्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सब स्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिनुभयो । “एकाउन्न रोपनीमा... पुरा पढ्नुहोस
बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
- 9 दिन अगाडि
- २९ श्रावण २०८२, बुधबार
म्याग्दी , २८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ मा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस
जिल्लाको सेवा लिन अर्को जिल्लामा होइन, पालिकामै कार्यक्रम र बजेट पठाउन माग
- 11 दिन अगाडि
- २७ श्रावण २०८२, सोमबार
म्याग्दी , २६ साउन । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि सदरमुकाम बेनीमा सुरु भएको बार्षिक समिक्षा एवं असल अभ्यासहरुको आदान प्रदान कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस
गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)
- 11 दिन अगाडि
- २७ श्रावण २०८२, सोमबार
पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज... पुरा पढ्नुहोस
सीपयुक्त जनशक्ति अभावले प्रयोग हुन छाड्यो भेडाको ऊन
- 15 दिन अगाडि
- २३ श्रावण २०८२, बिहीबार
दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । 'न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो,' उनले भने, 'सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो... पुरा पढ्नुहोस
सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा
- 15 दिन अगाडि
- २३ श्रावण २०८२, बिहीबार
पोखरा, २२ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५०... पुरा पढ्नुहोस
धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)
- 16 दिन अगाडि
- २२ श्रावण २०८२, बुधबार
म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा... पुरा पढ्नुहोस
गुर्जाखानी केन्द्र भएर भूकम्प गयो, स्वास्थ्य चौकीको भवन चर्कियो
- 17 दिन अगाडि
- २१ श्रावण २०८२, मंगलवार
म्याग्दी, २० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो भूकम्प गएको छ । दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का म्याग्दीका साथै बागलुङ र पर्वतमा समेत महसुस भएको थियो ।... पुरा पढ्नुहोस
बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती
- 17 दिन अगाडि
- २१ श्रावण २०८२, मंगलवार
म्याग्दी, साउन २० गते । म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष... पुरा पढ्नुहोस