विशेष

घारमा मुढा बुनाई तालिम 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ ।­ खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । तालिममा रघुगङ्गा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सिप... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा ५५ हजार सहयोग

म्याग्दी १५ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा रु ५५ हजार बढी सहयोग प्राप्त भएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा दुबैमा रहनु भएका प्युठान निवासी समाजसेवी... पुरा पढ्नुहोस

प्रेस सेन्टरको स्थापना दिवसमा दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

म्याग्दी १५ माघ । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहिन बालबालिकालाई कापी, कलम वितरण गरेको हो । कार्यक्रममा प्रेस सेन्टर... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा एकै परिवारबाट रु १ लाख दुई हजार पाँच सय सहयोग

म्याग्दी १४ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा एकै परिवारले रु १ लाख बढी सहयोग गर्नुभएको छ । कलेजाबाङको महतारे निवासी समाजसेवि कृष्णबहादुर भण्डारीको परिवारले पाण्डे दम्पतीको उपचारमा रु १ लाख दुई हजार... पुरा पढ्नुहोस

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार,१ कराेड ६० लाखकाे सुन्तला विक्रि (फाेटाे फिचर)

म्याग्दी, १४ माघ । बैदेशिक रोजगारको सिलसिलामा १४ बर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै आत्मनिर्भर बन्नुभएको छ । मगरलाई गाउँमै आत्मनिर्भर बनाउने माध्ययम सुन्तलाखेती हो । बाह्र बर्षअघि आफ्नो करिब तीन रोपनी बारीमा सुन्तला रोप्नुभएका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल... पुरा पढ्नुहोस

अन्नपूर्ण प्रथम आधार शिविरमा पर्यटकका लागि पुर्वाधार निर्माण गरिने

म्याग्दी १४ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु. एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु. एक करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख बजेटबाट आश्रय स्थल,... पुरा पढ्नुहोस

म्याग्दी जिल्लामा छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान

बेनी, १३ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान भएका छन् । ७२ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिका र मङ्गला गाउँपालिकामा एक/एक जना कृष्ठरोगी भेटिएको जानकारी गराइएको हो ।  कार्यालयका सूचना... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा चार सय १ जना किशोरीहरुलाई एचपिभी खोप दिइने

पोखरेबगर, १३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा यही माघको २२ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । https://youtu.be/1V_elWa9JTQ पोखरेबगरमा आइतबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९ गतेसम्म अन्नपूर्ण गाउँपालिकामा एचपिभी खोप अभियान... पुरा पढ्नुहोस

बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला

­ राम थापा । ­बासखर्कका सुन्तलाबारे सुन्दै आउनुभएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क पर्नुभयो । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो ।... पुरा पढ्नुहोस

पाण्डे दम्पतीको उपचारमा रु ६५ हजार सहयोग

म्याग्दी १३ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा जर्मनमा रहनुभएका गोपाल कार्कीले रु ६५ हजार सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका– २ भगवतीको सिजलगाउँ घर भइ हाल परिवार सहित जर्मनमा रहनुभएका कार्कीले पाण्डे... पुरा पढ्नुहोस