मुक्तिधाम माविका विद्यार्थीको रहरलाग्दो तरकारी खेती

  • १४ फाल्गुन २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयका विद्यार्थीले तरकारी खेती गरेका छन् । प्राविधिक धार तर्फ कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीले विद्यालय परिसरमै ा सामूहिक तरकारी खेती गरेका हुन् । कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाईसँगै व्यवहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका कृषि प्रशिक्षक तथा कृषि संयोजक प्रभात सुवेदीले जानकारी दिनुभयो ।
विद्यार्थीले यतिबेला कन्या, कन्य ( पराले) च्याउ र टमाटर लगाएका छन् । सो तरकारी बिक्रीबाट आएको आम्दानीमध्ये केही रकम विद्यालय लाई र केही रकम विद्यार्थीलाई बाँडिदिने गरेको शिक्षक सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीले अहिले सम्म दुई कुइन्टल टमाटर र ९० केजी सम्म काठे च्याउ उत्पादन गरेका विद्यार्थीले गत बर्ष कन्या च्याउ एक सय २० केजी उत्पादन गरेका थिए ।
विद्यार्थीले गरिरहेको परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले तरकारी खेती गर्न सिकाईएको विद्यालयले जनाएको छ । घरमा बाबाआमाले गर्ने तरकारी खेतीलाई पनि हामीले आधुनिकरण गरेर उत्पादन बढाउन विद्यालयको सिकाईले मद्दत दिएको विद्यार्थी रेजिना भण्डारीको भनाई छ । पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयका कारण विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । अधिकांश प्राविधिक विषयको पढाइ अङ्ग्रेजीमा हुने हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निकै सकस हुने गरेको छ ।