विशेष
७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार
- 2 बर्ष, 9 दिन अगाडि
- २४ असार २०८०, आईतवार
म्याग्दी, २४ असार । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ। वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो । जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान तथा समस्याका... पुरा पढ्नुहोस
प्रतिष्ठान म्याग्दीद्वारा निशुल्क योग शिविर संचालन
- 2 बर्ष, 10 दिन अगाडि
- २३ असार २०८०, शनिबार
म्याग्दी २३ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ । योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा असार साउन १२ गते सम्म संचालन हुने गरि आज... पुरा पढ्नुहोस
कुहुँमा परम्परागत खेती छाडेर व्यावसायिक बन्ने जमर्को, सिंचाइ सुविधाले कृषक उत्साहित
- 2 बर्ष, 10 दिन अगाडि
- २३ असार २०८०, शनिबार
कमल खत्री बेनी, २३ असार : मंगला गाउँपालिका–१ कुहुँका रन बहादुर खत्रीले ४०० बोट सुन्तला रोप्नुभएको छ । परम्परागत रुपमा धान खेती गर्दै आएको करिब पाँच रोपनी खेतमा खत्रीले व्यावसायिक सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्नुभएको हो । वैदेशिक रोजगारको सिलसिलामा बहराइनमा करिब दुई दशक लामो बसाईलाई बिट... पुरा पढ्नुहोस
पढाई छाडेको २१ बर्षपछि परिक्षा दिएका वडा अध्यक्ष एसइईमा उर्तिण
- 2 बर्ष, 11 दिन अगाडि
- २२ असार २०८०, शुक्रबार
बेनी, २२ असार : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोकाले पढाई छाडेको २१ बर्षपछि पुनः एसइई परिक्षा दिएर उर्तिण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा–२०७९ ( एसइई )मा दिपशिखा मावि कुहुँबाट परिक्षामा सहभागी हुनुभएका वडा अध्यक्ष रोकाले २ दशमलब ६५ जिपिए ल्याएर उर्तिण हुनुभएको हो । वि.स. २०५८... पुरा पढ्नुहोस
धौलागिरि गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न
- 2 बर्ष, 11 दिन अगाडि
- २२ असार २०८०, शुक्रबार
म्याग्दी २२ असार। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९र८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति... पुरा पढ्नुहोस
एसइईमा प्रकाश माविका समिर सुवेदीको ४ जिपिएसहित सर्वोकृष्ट नतिजा
- 2 बर्ष, 12 दिन अगाडि
- २१ असार २०८०, बिहीबार
म्याग्दी २१ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस
भकिम्लीमा अर्म–पर्म मार्फत आलुखेती: उत्पादित आलुलाई बजारको समस्या ( फोटोफिचर)
- 2 बर्ष, 12 दिन अगाडि
- २१ असार २०८०, बिहीबार
म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन ब्यस्त छन् । उपल्लो मूख्यबालीको रुपमा रहेको आलु खेतीलाई असारको मनसुन बर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्र्याउन ब्यस्त भएका हुन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु... पुरा पढ्नुहोस
कास्कीमा सवारी चालक अनुमतिपत्र नविकरणको राजस्व अनलाईनबाटै भुक्तानी
- 2 बर्ष, 13 दिन अगाडि
- २० असार २०८०, बुधबार
पोखरा, २० असार । यातायात कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नविकरणको शूल्क अनलाईन माध्यमबाट भुक्तानी गर्ने सेवा बुधबारदेखि शुरु भएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समन्वयमा कास्कीमा नेपालमै पहिलो पटक अनलाईनबाटै लाइसेन्सको नविकरण दस्तुर तिर्ने सेवा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा अनलाइनमार्फत राजश्व सङ्कलन
- 2 बर्ष, 13 दिन अगाडि
- २० असार २०८०, बुधबार
बेनी, २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राजश्व संकलनलाई अनलाइन प्रविधिमा रुपान्तरण गरेको छ । महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत संकलन हुने राजश्व अनलाइन मार्फत सङ्कलन गर्न सुरु गरेको हो । मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा... पुरा पढ्नुहोस
बेनीमा सञ्चालित शिव शिखर सहकारी विरुद्धको मुद्धामा अनुसन्धान सुरु
- 2 बर्ष, 13 दिन अगाडि
- २० असार २०८०, बुधबार
म्याग्दी, २० असार । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिना देखि बन्द छ ।... पुरा पढ्नुहोस