विशेष

तातोपानी कुण्ड जान कालीगण्डकीमा अस्थायी काठेपुलको भर

बेनी, ८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जाने पर्यटक र उपचारका लागि जाने विरामीहरुले कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जानका लागि झोलुङ्गे पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग... पुरा पढ्नुहोस

मुस्ताङमा फस्टाउँदै आलुखेती

मुस्ताङ ८ पुस । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी... पुरा पढ्नुहोस

मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न

बेनी, ८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस

पालिकाको सक्रियतासँगै बढे बराह तालमा पर्यटक

बागलुङ ७ पुस । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।तमानखोला गाउँपालिका(२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।... पुरा पढ्नुहोस

जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु

  बेनी, ७ पुष । जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला... पुरा पढ्नुहोस

बास्कुनामा सुन्तला खेतीबाट स्थानीयबासीकाे जीवनस्तर फेरियो (तस्बिर /भिडियाे)

कमल खत्री म्याग्दी ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दिर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा गर्दै आएको खाद्यखेतिबाली छाडेर नगदेबालीको रुपमा खेतवारीमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै विक्रि हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरि... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार अनुगमन

दरबाङ ६ पुस । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बुधबार बजार अनुगमन गरेको हो । कार्यालयले दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान बिक्री गरेको र खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेको पाइएको छ । होटल ,खाद्य... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा वडामै पुगेर योजना सम्झौता

म्याग्दी, ६ पुष । भौगोलिक रूपमा दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६... पुरा पढ्नुहोस

जन्मगाउँको सामाजिक क्षेत्रमा शिला थापाद्धारा रु ११ लाख बढी सहयोग

म्याग्दी ६ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी शिला थापाले जन्मगाउँको पूर्वाधार विकास र सामाजिक क्षेत्रमा रु ११ लाख बढी सहयोग गर्नुभएको छ । आफ्नै व्यक्तिगत लगानीमा निर्माण भएको धुले मेला लगाउने उलेना खेलमैदानको स्टेज भवनको उद्घाटन गर्न आउनुभएकी थापाले गाउँको सामाजिक क्षेत्रमा... पुरा पढ्नुहोस

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

  सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी... पुरा पढ्नुहोस