टुुक्रे योजनामा नअल्झिन गण्डकी प्रदेशका मुुख्यमन्त्री पाण्डेको निर्देशन

  • १६ मंसिर २०८०, शनिबार
  • 239 पटक पढिएको

म्याग्दी १६ मङ्सिर  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरुलाई निर्देशन दिनुुभएको छ ।

म्याग्दीको घोडेपानीमा आज भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक तथा चालुु आर्थिक वर्षको प्रथम चौमासिकको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खेर नफाल्न निर्देशन दिनुुभएको हो ।

“सङ्घीय सरकारले प्रदेशलाई दुुई लाखसम्म बजेटका योजना कार्यान्वयन गर्न पठाएको छ । मैले प्रधानमन्त्री र सङ्घीय मन्त्रीहरुलाई पाँच/सात बजेटका साना योजना कार्यान्वयन गर्न सकिँदैन भनेको छुु,” उहाँले भन्नुुभयो, “परिमाण नआउने साना र टुुक्रे योजनामा अल्झिएर समय र श्रम खेर नफाल्न भौतिक पूूर्वाधार र सिँचाइ मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छु ।”  प्रदेश सरकारको कूल बजेटको ३५ र पूँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक मन्त्रालयको प्रगतिले समग्र प्रदेश सरकारको काम देखाउने भएकाले ८१ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यको कार्यान्वयन गर्न निर्देशन दिनुुभयो ।

सङ्घीयता र प्रदेश सरकारप्रति उठेका प्रश्नको जवाफ काम गरेर देखाउनुुपर्ने चुुनौतीको सामना गर्न परिणाममुुखी काम गर्नुुपर्ने बताउनुुभयो । मुुख्यमन्त्री पाण्डेले कुुनै पनि बहानामा बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती तथा आलटाल गर्ने छुट नहुुने चेतावनी दिनुुभयो । जनशक्ति अभावको समस्या समाधान गर्न करारमा कर्मचारी राख्ने अध्यादेश ल्याउनसमेत तयार रहेको र त्यसका लागि विपक्षी दलका नेतालाई समेत सहमत बनाएको बताउँदै उहाँले पटकपटक एउटै समस्या देखाएर जिम्मेवारीबाट नपन्छिन आग्रह गर्नुुभयो ।

वि.सं.२०७६ को सङ्घीय वन ऐनलाई देखाएर विकास आयोजनामा अवरोध सिर्जना गर्ने गतिविधि हुुन थालेकोप्रति असन्तुष्टि जनाउँदै मुुख्यमन्त्री पाण्डेले प्रदेशसभाले २०८० मा जारी गरेको वन ऐनमा टेकेर काम गर्न अनुुरोध गर्नुुभयो । वन, आर्थिकलगायत नीतिगत समस्या समाधानका लागि मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालय तयार रहेको बताउनुुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले काम भएका विकास आयोजनामा बजेट अभाव हुुन नदिने र योजना कार्यान्वयनमा सहजीकरण गरिने बताउनुुभयो । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले योजना कार्यान्वयनमा देखिएका समस्याको समाधान तथा असल अभ्यास विस्तार गर्न समीक्षा कार्यक्रम उपलब्धिमूलक हुुने विश्वास व्यक्त गर्नुुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर राम पराजुुली, यातायात व्यवस्था महाशाखाका प्रमुख टीकाराम पौडेल, पूूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयका प्रमुखहरुले चालुु आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका लागि भएको पहलको विषयमा जानकारी गराउनुुभएको थियो ।