म्याग्दीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

  • १७ मंसिर २०८०, आईतवार
  • 237 पटक पढिएको

म्याग्दी १७ मंसिर । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस म्याग्दीमा आइतवार विविध कार्यक्रम गरि मनाईएको छ । अपाङ्गता भएका बालबालिकाहरुका लागि जिल्लास्तरीय खेलकुद तथा प्रतिभा पहिचान कार्यक्रम सहित दिवस मनाइएको हो । सामाजिक विकास कार्यालय म्याग्दी, बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा अपाङ्ग संघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा दिवस मनाइएको हो ।


कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको म्युजिकल चियर प्रतियोगितामा प्रकाश बुद्धिजा प्रथम, झविन विक द्धितिय र नरबहादुर विक तृतिय हुन सफल भएका छन् । त्यसैगरि घैटो फोर्ने प्रतियोगितामा सोनिया बिटाल प्रथम, कमल विक द्धितिय, सुस्मीता नेपाली तृतिय र निस्मा रिजाल सान्त्वना हुन सफल भएका छन् ।

त्यसैगरि धौलागिरि माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोत कक्षाका विद्यार्थीहरुको बेलुन फुटाई प्रतियोगितामा सोहन पुर्जा प्रथम, आइस्मा जिसी द्धितिय र प्रेमकुमारी पटेत तृतिय हुन सफल भएका छन । मिठाई दौडमा युवराज दर्जी प्रथम, शिशिर परियार द्धितिय, निकिता आचार्य तृतिय हुन सफल भएका छन भने ढुंगा दौडमा घनिता पुन प्रथम, मोहन रोका द्धितिय र आकाश दर्जी तृतिय हुन सफल भएका छन् ।

त्यसैगरि बालजागृति आधारभुत विद्यालयमा रहेको बौद्धिक अपांगता स्रोत कक्षाका विद्यार्थीहरुको म्युजिकल चियर प्रतियोगितामा सन्दिप सापकोटा प्रथम, कमला बरुवाल द्धितिय र दिलकुमारी सेन्चुरी तृतिय हुन सफल भएका छन् । त्यसैगरि चम्चा गुच्छा दौड प्रतियोगितामा प्रतिक्षा भण्डारी प्रथम, इन्दिरा मल्ल द्धितिय, राजिन्द्र पुर्जा तृतिय हुन सफल भएका छन भने सर्टबल थ्रोमा रमिक्षा जिसी प्रथम, केशब छन्त्याल द्धितिय र चुनबहादुर पुन तृतिय हुन सफल भएका छन् ।
कार्यक्रममा बिजेता विद्यार्थीहरुलाई बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै उपमेयर लामिछानेले अपाङ्गता भएका बालबालिकाहरुको क्षमता र प्रतिभाको पहिचान र प्रस्फुटन गर्ने गरि दिवस मनाउनुले सकरात्मक सन्देश दिएको बताउनुभयो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जिको अध्यक्षता, बालजागृति आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर क्षत्रीको स्वागत, सामाजिक विकास कार्यालयका लेखापाल भबिलाल शर्मा र शिक्षा विकास तथा समन्वय इकाईका लेखाजोखा संयोजक कल्पना केसीले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन राजेश भण्डारीले गर्नुभएको थियो ।