विशेष

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा २१ पुस । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तीका लागि उहाँले आह्वान गर्नुभएको हो ।... पुरा पढ्नुहोस

मौवाफाँटमा प्रहरी चौकी स्थापना

म्याग्दी, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले ब्यवस्थापन... पुरा पढ्नुहोस

बेनीमा बीमा सचेतना कार्यक्रम: सिटिजन लाइफ इन्स्योरेन्सद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

बेनी, २१ पुस : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो । सिटिजन शुभारम्भ बीमा... पुरा पढ्नुहोस

उर्जा गाउँ नारच्याङमा अझै लोकप्रिय ‘पानी घट्ट’ (तस्बिर सहित)

कमल खत्री बेनी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई विहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानीलाई उपयोग गरि पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका छन् । कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट सञ्चालन हुने मिलपनि छन्, तर पानी घट्टमा पिसेको... पुरा पढ्नुहोस

आँखा शिविरमा २५ सय लाभान्वित

म्याग्दी २१ पुस । बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित भएका छन् । विद्यालयमा अध्ययनरत... पुरा पढ्नुहोस

म्याग्दीका बीस पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी २० पुस । गण्डकी प्रदेश सरकारले म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ ।प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन गरेको हो । कार्यालय... पुरा पढ्नुहोस

होटल व्यवसायी महासंघको सचिबमा म्याग्दीका आचार्य र केन्द्रिय सदस्यमा बरुवाल चयन

म्याग्दी, २० पुस । होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सचिबमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधवार सम्पन्न महासंघको दशौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रिय सदस्यमा म्याग्दीकै सागर बरुवाल सर्वसम्मत चयन हुनुभएको छ । केन्द्रिय सचिबमा निर्वाचित हुनुभएका आचार्य होटल व्यवसायि संघ म्याग्दीको अध्यक्ष... पुरा पढ्नुहोस

 चर्चित कलाकार ‘महजोडी’ बेनीमा 

म्याग्दी २० पुस । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो । नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत... पुरा पढ्नुहोस

एसइईमा उत्कृष्ट अंक ल्याउने १३ विद्यार्थीले पाए छात्रवृत्ति

पर्वत २० पुस ।   कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झन्डै चार लाख वितरण गरेको छ । आर्थिक वर्ष ०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।      नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार ०७८... पुरा पढ्नुहोस

न्यू धौलागिरिको इकाईगत साधारणसभा शुरु

म्याग्दी २० पुस । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि इकाईगत २३ औ साधारणसभा शुरु गरेको छ । मुख्य कार्यालय इकाईको बेनीमा भएको साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर स्वरोजगार... पुरा पढ्नुहोस