म्याग्दी जेसिजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

  • १४ पुष २०८०, शनिबार
  • 215 पटक पढिएको

पुस १४ गते । म्याग्दी जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २०२४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट कानूनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेश कुमार विश्वकर्मा मनोनित हुनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्ण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । महासचिवमा सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ति र शाखा सम्पादकमा अनिल पौडेल मनोनित हुनुभएको छ ।

त्यस्तै सहसचिवमा पवित्रा खत्री र सहकोषाध्यक्षमा नविन पौडेल मनोनित हुनुभएको छ । उपाध्यक्षहरुमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा निर्वाचित हुनुभएको छ । तालिम संयोजकमा धनमाया श्रेष्ठ, प्रकरण निर्देशकमा मदन खत्री, अर्थवृद्धि संयोजकमा गणेश सुवेदी र संचालक समिति प्रमुख सल्लाहकारमा सन्दिप खत्री मनोनित हुनुभएको म्याग्दी जेसिज वर्ष २०२३ का अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ती स्थापित जेसिजले जिल्लामा रहेर खेलकुद, कला संस्कृति लगायतका सामाजिक क्षेत्रमा महत्वपूर्ण गतिविधि संचालन गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य हरि वहादुर भण्डारीले जेसिजले युवाहरुलाई सत्मार्ग तथा सत्कर्ममा लाग्न पे्ररित गरेको बताउनुभयो ।