दिदीबहिनी बचत तथा ऋण सहकारीको १२ औँ बार्षिक साधारणसभा

  • १४ पुष २०८०, शनिबार
  • धिरन खत्री
  • 209 पटक पढिएको

 

बेनी, १४ पुस । सदरमुकाम बेनीबाट आर्थिक कारोबार गर्दै आएको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार भएको बार्षिक साधारणसभाको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गर्नुभयो ।

दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ ।

सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानकारी दिईन् । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ ।
अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर संचालन गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले केही सहकारीको गल्तीले राम्रा सहकारीलाई चुतौनी दिएका् उल्लेख गर्दे संचालन समिति शेयरसदस्य संस्थालाई जनतामाmँ बलियो बनाएर लैजान सक्रिय रहन आग्रह गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । साधारणसभामा सल्लाकार एवम बेनी नगरपालिका उपप्रमुख ज्याती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्य र सञ्जु बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।


संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थित थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l