म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

  • १४ पुष २०८०, शनिबार
  • 175 पटक पढिएको

 

म्याग्दी, १४ पुस । म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको कानुनी सल्लाहकार कुमार बानियाँ, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्षमा ई. अमीर श्रेष्ठ र कृष्णप्रसाद पौडेल, महासचिव सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ती, शाखा सम्पादकमा अनिल पौडेल, सहसचिवमा पवित्रा खत्री, सहकोषाध्यक्षमा नवीन पौडेल, उपाध्यक्षमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा, तालिम संयोजकमा धनमाया श्रेष्ठ, प्रकरण निर्देशकमा मदन खत्री, अर्थवृद्धी संयोजकमा गणेश सुवेदी रहेको म्याग्दी जेसिजले जनाएको छ । नयाँ कार्यसमितिको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष सन्दिप खत्री रहनुभएको छ ।

नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, युवाहरुको नेतृत्व र क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रर्बधनमा समेत सक्रियता देखाउने गरेको छ । अधिवेशन शाखा अध्यक्ष सुमन बानियाँको अध्यक्षता गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, पूर्व अध्यक्ष लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।