म्याग्दी समाचार

आयोडिनयुक्त नुनको प्रयोग बनाउन जनचेतनामुलक कार्यक्रम

म्याग्दी, २६ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङले बिहीबार म्याग्दीको बाबियाचौरमा आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम गरेको छ । बाबियाचौरको मंगला माविका विद्यार्थीहरुको सहभागितामा र्‍यालीका साथै आयोडिनयुक्त नुनको सुरक्षित प्रयोग गर्ने तरीकाको बारेमा जानकारी गराएर झोला वितरण गरिएको हो । कर्पोरेशनका बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले आयो नुनको प्रयोग... पुरा पढ्नुहोस

नेपाल राष्ट्रिय शिक्षक संगठन मालिका गाउँपालिकाको अधिबेशन सम्पन्न

म्याग्दी,२६फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले बुधबार मालिका गाउँपालिकामा प्रथम अधिबेशन एवम शिक्षक भेला दरबाङमा सम्पँन्न गरेको छ । उक्त अधिबेशनले अमरसिह पुनको अध्यक्षतामा १६ सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिको महिला उपाध्यक्षमा धनदेवी घर्ती र उपाध्यक्षमा खिम ब जुग्जाली, सचिवमा सुरमन जुग्जाली, सह–सचिवमा किममाया पुन,... पुरा पढ्नुहोस

कुहुँमा सार्वजनिक सुनुवाई

कुहुँ, २५ फागुन । म्याग्दीको कुहुँमा बुधबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुहुँ गाविसको कार्यालयको आयोजनामा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका विषयमा स्थानीय सरोकारवालाहरुबीच अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाहरुले गाउँबाटै गाविसको सेवा प्रवाह हुनुपर्ने, योजनाको सर्वेक्षण, जाँचपास र अनुगमनका लागि प्राबिधिक कार्यक्षेत्रमा खटिनुपर्ने, सडक... पुरा पढ्नुहोस

दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु विद्यालय जानबाट बञ्चित

म्याग्दी, २५ फागुन । ताकम–३ रातमाटाकी ११ बर्षिय निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहिन रहेको र घरपरिवारको आर्थिक अबस्था एकदमै न्युन भएपछि निरुता संगै उनका दुई बहिनीहरुले पनि पढ्न छाडेका छन् । दृष्टिविहीन दम्पती जलन विक र सुस्मीता विकका चार छोरीहरु मध्ये... पुरा पढ्नुहोस

म्याग्दीमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

म्याग्दी, २५ फागुन । बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्रा्ष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी र्‍याली सम्पन्न गरिएको छ ।... पुरा पढ्नुहोस

आगलागिले बालमन्दिर आधारभुत विद्यालय डाँडाखेतको १० कोठ भवन ध्वस्त

म्याग्दी, २५ फागुन । म्याग्दीको बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा आज साँझ भएको आगलागिले १० कोठ विद्यालय भवन जलेर नष्ट भएको छ । आगलागि हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवनमा पूर्ण रुपमा क्षती पुगेको हो ।  साँझ करिब... पुरा पढ्नुहोस

बर्डफ्लुको त्रासले धौलागिरि अञ्चलमा कुखुरा आयातमा प्रतिबन्ध

पर्वत, २५ फागुन । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो ।   जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो... पुरा पढ्नुहोस

गौबधको आरोपमा पाँचजना थुनामा

म्याग्दी, २५ फागुन । राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पर्वतमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध... पुरा पढ्नुहोस

अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि

म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् । सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु... पुरा पढ्नुहोस

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)

म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । समुन्द्री सतहदेखि २ हजार... पुरा पढ्नुहोस