म्याग्दी समाचार
धौलागिरी गाउँपालिकाका जनप्रतिनिधीले पदभार सम्हाले
- 7 बर्ष, 11 महिना अगाडि
- ६ जेष्ठ २०७४, शनिबार
म्याग्दी, ६ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । साथै अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले मुना स्थित गाउँपालीका कार्यालयमा पदभार समेत ग्रहण गर्नुभएको छ । निर्वाचन अधिकृत गणेशबहादुर अधिकारीले गाउँपालीका अध्यक्ष, उपाध्यक्ष र ७ वटै वडाका अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो ।... पुरा पढ्नुहोस
भिरबाट लडेर एक जनाको मृत्यु
- 7 बर्ष, 11 महिना अगाडि
- ६ जेष्ठ २०७४, शनिबार
म्याग्दी, ६ जेठ । म्याग्दीको मालीका ५ देविस्थानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका ७ ताकमका ४० वर्षिय तुलबहादुर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शुक्रबार साँझ जुक्जातर्फ जादै जर्दा लडेर मृत्यु भएका थापाको शव परिक्षणका लागि बेनी स्थित जिल्ला... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण
- 7 बर्ष, 11 महिना अगाडि
- ५ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रवार सपथ ग्रहण गरेका छन् । रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कँुईकेलले नवनिर्वाचित गाउँपालिका प्रमुख भबबहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा सहित ८ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको... पुरा पढ्नुहोस
बेनी नगरपालीकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण
- 7 बर्ष, 11 महिना अगाडि
- ५ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, ५ जेठ । बेनी नगरपालीकाको नवचिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत सुरक्षा अधिकृतहरुको उपस्थिती रहेको... पुरा पढ्नुहोस
बेनीमा एमालेकोे बिजय उत्सव ( फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- ५ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, ५ जेठ । स्थानीय तहको निर्वाचनमा म्याग्दीका दुई वटा स्थानीय तहको अध्यक्ष, तिन वटाको उपाध्यक्ष र २३ वटा वटामा जित हाँसील गरेको नेकपा एमालेले शुक्रबार बेनीमा बिजय उत्सव मनाएको छ । एमालेले बेनी बजारमा बाजागाजा सहित ¥याली निकालेको थियो । एमालेको तर्फबाट उम्मेदवार बनी बिजयी भएका जनप्रतिनिधिहरुको समेत सहभागितामा... पुरा पढ्नुहोस
स्थापनाको २५ औँ बर्षगाँठको अबसरमा वेष्ट प्वाइन्टद्धारा रजत जयन्ती बर्ष मनाउन सुरु
- 7 बर्ष, 11 महिना अगाडि
- ५ जेष्ठ २०७४, शुक्रबार
म्याग्दी, ५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले स्थापनाको २५ औँ बर्षको अबसरमा यो बर्षलाई रजत जयन्ती बर्षको रुपमा मनाउन सुरु गरेको छ । निजी क्षेत्रबाट २०४९ पुस १ गते स्थापना भएको विद्यालयले यो बर्षभरी नै विभिन्न कार्यक्रम गरि रजत जयन्ती बर्षको रुपमा मनाउन... पुरा पढ्नुहोस
म्याग्दीमा मतगणना सम्पन्नः चार तहमा काग्रेस र दुईमा एमाले विजयी,
- 8 बर्ष अगाडि
- ४ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, ४ म्याग्दी । म्याग्दीको छ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लामा चार तहमा नेपाली काँग्रेस र दुई तहमा नेकपा एमाले बिजयी भएका छन् । जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेस बिजयी भएको छ । त्यसैगरि धवलागिरि र मंगला गाउँपालिकामा एमाले विजयी भएको... पुरा पढ्नुहोस
यस्तो छ म्याग्दीमा जनप्रतिधीको पदबहालीको तयारी
- 8 बर्ष अगाडि
- ४ जेष्ठ २०७४, बिहीबार
म्याग्दी ४ जेठ । म्याग्दीका छ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको तयारी भएको छ । बेनी नगरपालीका, मंगला, मालीका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाको कार्यालयमा जनप्रतिनीधिको कार्यकक्ष तयार पार्ने देखि अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको छ । कर्मचारीहरु प्रमुख, उपप्रमुखको कार्यकक्ष बनाउने, सजावट, फर्नीचर ब्यवस्थापनमा जुटेका छन् ।... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको गुरुयोजना तयार गरि अघि बढ्छुः नवनिर्वाचित मेयर श्रेष्ठ
- 8 बर्ष अगाडि
- ४ जेष्ठ २०७४, बिहीबार
म्याग्दी, ४ जेठ । बेनी नगरपालीकाको प्रमुख सहित म्याग्दीका चार वटा स्थानीय तहको प्रमुख पदमा जित हाँसील गरेको नेपाली काँग्रेसले बिहीबार बिजयउत्सव मनाएको छ । बेनी बजारमा बिजयी उमेद्वारहरु सहितको ¥याली र आमसभा आयोजना गरेको काँग्रेसले बिजयउत्सव मार्फत मतदातालाई धन्यवादहरुलाई धन्यवाद दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय... पुरा पढ्नुहोस
बागलुङमा एमालेले तोड्यो काँग्रेसको किल्ला । नगरपालिका प्रमुखमा जनक निर्वाचिन
- 8 बर्ष अगाडि
- ४ जेष्ठ २०७४, बिहीबार
बाग्लुङ जेठ, । बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् । मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११... पुरा पढ्नुहोस