हँसिया प्रहार गरि आफ्नै साथीले गरे मजदुर खड्काको हत्या

  • १० भाद्र २०७४, शनिबार
  • 2134 पटक पढिएको

म्याग्दी, १० भदौ । म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधारामा एक मजदुरको आफ्नै साथिको हँसिया प्रहारबाट हत्या भएको छ । सहश्रधारामा निर्माणधिन मालिका बोडिङ स्कुलमा मजदुरी गर्र्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ बर्षिय सुमन खड्कालाई उनीसंगै काम गर्दै आएका साथीले हँसीया प्रहार गरि हत्या गरेका हुन् ।

गयराती खड्कालाई उनीसंगै काम गरि संगै बस्दै आएका चितवन सारदानगर–८का ३० बर्षिय अशोक तामाङले हँसिया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीको हत्या गरेका तामाङलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटीएको प्रहरी टोलिले घटनास्थलबाटै नियन्त्रणमा लिएर आबश्यक अनुसंधान प्रकृया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । प्रहरीले साथीबाट हत्या गरिएका खड्काको सबलाई परिक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।