नेविसंघ म्याग्दीद्धारा रौतहटका बाढी पिडितलाई राहत वितरण
- १० भाद्र २०७४, शनिबार
- 2444 पटक पढिएको
म्याग्दी, १० भदौ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका बाढी पिडितलाई राहत वितरण गरेको छ । रौटहटको पौराह नगरपालिका–जिङगडियाका बाढी पिडितलाई बेनीमा सहयोगदाताहरुबाट संकलन गरेको ५ लाख ७५ हजार २ सय बराबरको लक्ताकपडा, खाद्यान्न, त्रिपाल, बाल्टी लगायतका सामाग्री वितरण गरिएको नेविसंघ म्याग्दीका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भरत रकालले बताउनुभयो ।
युवा नेता रकालको नेतृत्वमा नेविसंघका कार्यबहाक सभापती निर्मल खत्री, प्रदिप केसी, झलक जिसी लगायतको टोलिले बेनीबाट सवारी साधनमै ढुवानी गरि पु¥याएको लक्ताकपडा र स्थानीय बजारमा खरिद गरिएको खाद्यान्न लगायतका सामाग्री स्थानीय उद्योग बाणिज्य संघ, सुरक्षाकर्मी र त्यहाँ स्थित नेपाली काँग्रेसका नेताहरुको रोहोबरमा राहत सामाग्री वितरण गरीएको थियो ।
सो अबसरमा १५० घरधुरीका बाढी पिडितलाई राहत उपलब्ध गराईएको नेता रकालले बताउनुभयो । ‘‘ बाढीले प्रभावित बनेकाहरु अझै पनि सामान्य अबस्थामा फर्कन सकेका छैनन्, न गास न बास को अबस्था देखियो, विभिन्न क्षेत्रबाट उपलब्ध राहतले उनीहरुलाई थोरै भएपनि राहतको महसुस गराउने काम भईरहेको छ’’– नेता रकालले भन्नुभयो ।
बेनीमा विद्यार्थी र व्यवसायिहरुबाट खाजा खर्च कटाएर राहत संकलन गरि तराईमा आईपरेको आपत्तविपत्तमा राहत पुगोस भनेर सहयोग गरेको नेविसंघका कार्यबहाक सभापती खत्रीले बताउनुभयो ।