म्याग्दी समाचार

म्याग्दी नारच्याङको छेम्दीमा ‘एक घर, एक धारा’

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा एमालेको नयाँ नेतृत्व,अध्यक्षतामा झलक आचार्य

झलक आचार्यको अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

फागुन २६ गते । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी... पुरा पढ्नुहोस

भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ

बेनी । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन... पुरा पढ्नुहोस

शिवरात्रिका दिन गलेश्वर मन्दिरमा चार लाख भन्दा बढी भेटी सङ्कलन

म्याग्दी, फागुन २६ । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन रु चार लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी आज बिहान गनिएको हो । यस वर्षको महाशिवरात्रि पर्वमा रु चार लाख २९ हजार तीन सय ८८... पुरा पढ्नुहोस

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको... पुरा पढ्नुहोस

गृहजिल्ला आएर निवर्तमान मन्त्री जुग्जालीले भन्नुभयो ‘झस्कनुपर्ने काम गरेको छैन’

  बेनी, २५ फागुन । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र १(२) बाट... पुरा पढ्नुहोस

काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा

म्याग्दी, २५ फागुन ः नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार नेकपा (माओवादी केन्द्र)का जिल्ला तथा प्रदेश तहका नेताहरुसँग भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा बामपन्थि... पुरा पढ्नुहोस

महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको घुइँचो (फोटो फिचर)

म्याग्दी , २५ फागुन । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो ।   https://www.youtube.com/watch?v=TePL_dAgW3c मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर शिवालय धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले... पुरा पढ्नुहोस

एमाले मालिका गाउँपालिका अध्यक्षमा पुन

दरवाङ। नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुन अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनले पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन गरेको । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ... पुरा पढ्नुहोस