म्याग्दी समाचार
जनैपूर्णिमाको अबसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनको चहलपहल
- 1 बर्ष, 2 महिना अगाडि
- १४ भाद्र २०८०, बिहीबार
बेनी , १४ भदौ: जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै बिशेष पुजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानी लगायतका शक्तिपिठमा पुजाआजा गर्नका... पुरा पढ्नुहोस
पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी
- 1 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०८०, मंगलवार
म्याग्दी, १२ भदौ । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र स्वतन्त्र व्यक्तिहरु १० जना प्रवेश गर्नुुभएको माओवादी केन्द्र मालिकाका अध्यक्ष अनुुप... पुरा पढ्नुहोस
कुवापानीको पहिरोले खेतीयोग्य जमिनलाई बनायो बगर, बस्ती जोखिममा
- 1 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०८०, मंगलवार
म्याग्दी, १२ भदौ । पर्वतको जलजला गाउँपालिका वडानम्वर २ पूर्णगाउँ मुलघडेरीको खेतीयोग्य जमिन बगर बनेको छ । वडानम्वर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते बर्षातपछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घर परिवार विस्थापित र सँयौ... पुरा पढ्नुहोस
धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)
- 1 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०८०, सोमबार
म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस
युवा संघ नेपाल राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विश्वकर्मा
- 1 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०८०, सोमबार
म्याग्दी, ११ भदौ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा म्याग्दीका कृष्ण विक चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले युवा संघको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा विश्वकर्मालाई चयन गरेको हो । उहाँ यस अघि संघको उपाध्यक्ष पदमा हुनुहुन्थ्यो । नेकपा ( एकीकृत समाजबादी)... पुरा पढ्नुहोस
राखु भगवतीको हरियाली धानको फाँट
- 1 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी, १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतको हरियाली फाँट । यहाँको प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने राखुको धानको फाँट भदौ असोज हरियाली देखिन्छ । धान फाँटसंगै यहाँबाट निलगिरी र अन्नपुर्ण हिमालको दृष्य पनि हेर्न पाईन्छ । राखुको... पुरा पढ्नुहोस
माओवादीको तीन महिने अभियान सफल बनाउन बेनीमा नेताहरुलाई तोकियो जिम्मेवारी
- 1 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी, १० भदौ । जनतासंग माओावादीको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र बेनी नगरपालिका समितिले कार्ययोजना निर्माण गरेको छ । आईतबार महारानीथानस्थित पार्टी कार्यालयमा बसेको नगर समितिको विस्तारित बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको कार्ययोजना निर्माण गरेर नेताहरुलाई वडास्तरको जिम्मेवारी तोकेको हो । उक्त बैठकले भदौ १६ गतेबाट... पुरा पढ्नुहोस
आयोजकलाई एक घण्टा कुराएका मन्त्रीद्धय जब बिस मिनेटमै खाना खान निस्कीए ….
- 1 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०८०, आईतवार
म्याग्दी १० भदौ । सार्वजनिक कार्यक्रमहरु समयमै सुरु नहुँदा धेरैको सयम खेर जाने गरेको छ । जिल्ला स्तरका कार्यक्रमहरु मात्रै होइन मन्त्रीहरु नै सहभागी हुने कार्यक्रमहरु पनि घण्टौ ढिला हुने गरेका छन् । शनिवार बेनीमा आयोजना भएको कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको... पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक
- 1 बर्ष, 3 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
म्याग्दी, ९ भदौ । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान... पुरा पढ्नुहोस
छन्त्याल संघ कास्कीको साधारणसभा: भाषा, र संस्कृतिलाई हराएर जान नदिन मन्त्री जुग्जालीको आग्रह
- 1 बर्ष, 3 महिना अगाडि
- ९ भाद्र २०८०, शनिबार
देवान छन्त्याल पोखरा ,९ भदौ । नेपाल छन्त्याल संघ कास्कीको १३ औँ बार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । नेपाल छन्त्याल संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले छन्त्याल समुदाय जनजाति समुदायमध्ये विशिष्ट पहिचान र ऐतिहासिक... पुरा पढ्नुहोस