म्याग्दी समाचार

घलेम्दी हाइड्रो लिमिटेडको चौथो साधारण सभा, सञ्चालक समितिको अध्यक्षमा पुनः सुवेदी चयन

म्याग्दी, २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्यूत अयोजना निर्माण गरिरहेको घलेम्दी हाइड्रो लिमिटेडको अध्यक्षमा किसोर सुवेदी चयन हुनुभएको छ । कम्पनीको शनिवार बेनीमा सम्पन्न चौथो साधारण सभाबाट सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको हो । साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य,... पुरा पढ्नुहोस

हिमालको काखमा कोबाङ !

हिमाल पारीको जिल्ला मुस्ताङको कोबाङमा हिउँदको सिजनमा पात झरेर नाङ्गा भएका स्याउका बगान र पृष्ठभूमिमा देखिएको मनोरम हिमशृङ्खलाको दृष्य । तस्बिर : बसन्त शेरचनको फेसबुकबाट । पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको सकरात्मक पहल, सार्वजनिक यातायातको भाडादर समायोजन

म्याग्दी, ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । यातयात व्यवसायीले मनपरि चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा अपांगता परिचयपत्र वितरण शिविर

म्याग्दी २१ पुष । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि पोखरेबगरमा दुईदिने अपाँगता परिचपत्र शिविर सुरु भएको छ । गाउँपालिका भित्र अपाँगता परिचयपत्र नपाएर सरकारी सेवासुविधाबाट बञ्चित भएकाहरुका लागि महिला तथा बालबालिका कार्यालय बेनी र जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाका प्रमुख क्या.डमबहादुर पुनले वडा ७ का... पुरा पढ्नुहोस

बेनी खानेपानीको अध्यक्षमा पुन:श्रेष्ठ

म्याग्दी २१ पुष । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन: सुवासकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको शुक्रबार बेनीमा सम्पन्न १८ औ साधारणसभाबाट श्रेष्ठलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा टंक हमाल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा... पुरा पढ्नुहोस

बमको छर्राले गुमेको आँखाको उपचारमा सहयोग गर्न सुकुम्बासी सुनारको याचना (भिडियो सहित)

https://www.youtube.com/watch?v=ZzifPqOUtsk म्याग्दी, २१ पुस । म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गर्नुभएको छ । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले डाक्टरहरुले एउटा आँखाको उपचार सम्भव रहेको बताएकाले उपचारको लागि आर्थिक सहयोग गर्न सार्वजनिक रुपमा... पुरा पढ्नुहोस

बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौँ साधारण सभा सम्पन्न

म्याग्दी, २१ पुष । स्वच्छ पानी स्वस्थ जीवन भन्ने मुल नाराका साथ सदरमुकाम बेनीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौ साधारणसभा शुक्रबार बेनी सम्पन्न भएको छ । सो साधारण सभालाई उद्घाटन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीबजारबासीलाई निरन्तर वितरण गरिएको स्वच्छ खानेपानीलाई आगामी... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा स्नानको भिड

म्याग्दी, २१ पुष । म्याग्दीको बेनी नगरपालिका ४ सिगाँमा रहेको प्रसिद्ध तातोपानी कुण्डमा पुष माघको जाडो सिजनमा स्नान गर्ने मानिसहरुको भिड लागेको छ । उपचारको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लाग्ने गरेको हो । तातोपानी कुण्डमा डुब्नेको भिड भएपछि त्यहाँ पुरुष र महिलाको समय तालिका... पुरा पढ्नुहोस

मुसुङमा माघे संक्रान्ति मेला हुँदै

म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका–मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा साँस्कृतिक मेला सुरु हुने भएको छ । यहि पुस ३० गतेदेखि माघ ५ गतेसम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको मेला आयोजक स्वर्गाश्रम युवा क्लबले जनाएको छ । मेलाको अबसरमा पुरुष, महिला भलिबल, तारा खेल, मैत्रीपूर्ण... पुरा पढ्नुहोस

‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस