युवा कल्वको नेतृत्वमा किमचौरमा सडक मर्मत

  • १७ माघ २०७४, बुधबार
  • 1428 पटक पढिएको

म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालीका ५ किमचौरमा युवा कल्वको नेतृत्वमा सडक मर्मत गरिएको छ ।


किमचौरमा रहेको प्रगतिशिल युवा कल्वको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको कल्वका अध्यक्ष दिपु फगामीले जानकारी दिए ।


उनका अनुसार सडकको खाल्डाखुल्डी पुर्ने, ढुङ्गा बिछ्याउने, नाली खन्ने लगायतका काम गरिएको छ । सडक मर्मत भएपछि सवारी आवत जावतमा सहज भएको छ । खेलकुद, कला र संस्कृतीको संरक्षण संगै गाउँको विकास र सामाजिक गतिबिधिमा पनी कल्वले सघाउदै आएको अध्यक्ष फगामीले बताए ।