पुननिर्माणका लागि डकर्मी तालीम सञ्चालन

  • १७ माघ २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2131 पटक पढिएको

 

 

म्याग्दी १७ माघ । म्याग्दीमा भुकम्प प्रभावीतको निजी आवास पुननिर्माणका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले डकर्मी तालीम सञ्चालन भएको छ ।


राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिले स्थानीय तह स्तरमा कामदारहरुलाई तालीम दिन थालेको हो । धौलागिरी गाउँपालीकामा २५ जनालाई डकर्मी तालीम प्रदान गरिसकेको छ ।

बेनी नगरपालीकामा ७५ जनालाई डकर्मी तालीम दिने लक्ष्य अनुसार पहिलो चरणमा ४४ जनाका लागि तालीम सञ्चालन भैरहेको र दोस्रो चरणमा ३५ जनालाई दिइने समितिका निलबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकामा पनी माघ महिना भित्रनै डकर्मी तालीम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

गाउँपालीकामा २५ र नगरपालीकामा ७५ जना गरी दुई सय जनालाई तालीम प्रदान गर्ने लक्ष्य रहेपनी थप ५० जनालाई तालीम प्रदान गर्न प्राधिकरणसंग समन्वय भैरहेको भण्डारीले बताउनुभयो । एक हप्ताका दरले सञ्चालन हुने तालीममा भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धि ब्यवहारीक र सैद्धान्तिक ज्ञान सिप प्रदान गरिने जनाइएको छ । भुकम्पपिडितको निजी आवास पुननिर्माणका लागि दक्ष जनशक्तिको अभाव भएपछि आवेदन माग गरेर तालीम सञ्चालन गरिएको हो ।

डकर्मी तालीम लिएकाहरु जिल्लाका भुकम्प पिडितको साथै अति प्रभावित जिल्लामा समेत पुगेर काम गर्न सक्ने बताइएको छ । तालीम पश्चात डकर्मीहरुलाई पुननिर्माणमा परिचालन गरिने भएको छ । म्याग्दीका ८६८ घरधुरी अनुदान पाउने मापदण्डमा परेका थिए । ६४५ जनाले अनुदान सम्झौता गरेकोमा ६०० जनाले पचास हजार रुपैयाका दरले निजी आवास पुननिर्माणका लागि तिन करोड रुपैया भुक्तानी पाईसकेका छन् ।

सन्तोष गौतम