म्याग्दी समाचार

चिसो मौसमका कारण जोमसोम–कोरला सडक निमार्णकार्य रोकियो ,म्याग्दी खण्डमा निर्माणकार्य तिब्र

उत्तर—दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित जोमसोम÷ कोरला सडक निर्माणकार्य चिसो मौसमले प्रभावित बनेको छ ।जोमसोम–कोरला १ सय १० किमी सडकको निर्माणकार्य मंसिर अघि स्थगित भएको हो ।कुल ७ खण्डमा बिभाजित सडकको हाल २ खण्डमा मात्र काम भैईरहेको बताईएको छ ।यता बेनी देखि जोमसोम खण्डको ७६ किमी सडकमा भने... पुरा पढ्नुहोस

गर्भवती र सुत्केरी महिलाका लागि आपतकालीन कोष स्थापना

म्याग्दी ६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ ।गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालीकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि एकएक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । आठ वटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला... पुरा पढ्नुहोस

चोरी शिकारी नियन्त्रणमा जनप्रतिनिधिको चासो !

बेनी ६ पुस । म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् । पाखापानीको सामुदायीक र सार्वजनीक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी... पुरा पढ्नुहोस

जलजलामा ढुङ्गा खानी अनुगमनका लागि समिति गठन

म्याग्दी, ६ पुस । पर्वतको जलजला गाउँपालीका क्षेत्रमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन भएको छ । जलजला गाउँकार्यपालीकाको बुधबार मल्लाज स्थित कार्यालयमा बसेको बैठकले वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको... पुरा पढ्नुहोस

सामुदायिक विद्यालयको स्वरुप यसरी फेरिदै

म्याग्दी, ५ पुष । पछिल्लो समय म्याग्दी जिल्लाको सामुदायिक विद्यालयको भौतिक संरचनाको स्वरुप फेरिदै गएको छ । जिल्ला शिक्षा कार्यालय, विभिन्न संघसंस्था, विदेशी दाताँहरुको सहयोग तथा समुदायको पहल र लगानीमा जिल्लाका सामुदायिक विद्यालयको भौतिक स्वरुप फेरिदै गएको हो । जिल्लामा भएका सरकारी विद्यालयको संरचना जिर्ण बन्दै गएको र २०७२ सालको... पुरा पढ्नुहोस

२०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने

म्याग्दी, ५ पुष । म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने निर्णय भएको हो । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव... पुरा पढ्नुहोस

मिजार समाजद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

म्याग्दी, ४ पुष । मिजार समाज म्याग्दीले क्यान्सर रोगबाट थलीएकी एक महिलालाई मंगलबार आर्थिक सहयोग गरेको छ । आन्द्रामा क्यान्सर भएर थलीएकी बेनपा २ बाङगेराकी ४८ वर्षिया सुकमाया किसानको औषधी उपचारका लागि दश हजार पाँच सय रुपैया सहयोग गरेको हो । समाजका अध्यक्ष सुकलाल किसान, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर... पुरा पढ्नुहोस

सासंदलाई ज्यामरुकोटमा भव्य स्वागत

बेनी, ४ पुष । बेनी नगरपालिका २ ज्यामरुकोटका मतदातालाई धन्यबाद दिन पुगेका प्रतिनिधि र प्रदेश सभामा नवनिर्वाचित साँसदहरुलाई स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् ।   स्थानीयबासीले साँसदद्धय थापा र केसीलाई फुल, माला र अबिर लगाएर बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको झिँ देखि पाखापानीसम्मको सडक फराकिलो बनाउने कार्य तिब्र

म्याग्दी, ४ पुस ।म्याग्दीको रघुगंगा गाउँपालिकाले ग्रामिण सडकलाई फराकिलो बनाउने अभियान थालेको छ । चालु आर्थिक बर्षमा गाउँपालिका कार्यालयले रघुगंगा गाउँपालिका–५ झिँदेखि वडा नम्बर ६ पाखापानी सम्मको सडकलाई फराकिलो बनाउन विनियोजन गरेको बजेटबाट अहिले धमाधम सडकलाई चौडा बनाउने कामले तिब्रता पाएको हो । बेनी नगरपालिका–१० पात्लेखेत र रघुगंगा गाउँपालिकाको वडा... पुरा पढ्नुहोस

राज्यलाई बुझाएको हतियार १६ बर्षसम्म पनि फिर्ता भएन

  म्याग्दी, ४ पुस । तत्कालिन माओवादी द्धन्द्धको समयमा १६ बर्ष अगाडी राज्यलाई बुझाएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जाका रिद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशन अनुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालिप्रसाद गणलाई एकनाले भरुवा बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई... पुरा पढ्नुहोस