म्याग्दी समाचार
दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहयोग
- 7 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
ट्याक्टर दुर्घटनामा परेर निधन भएका म्याग्दीको मंगला गाउँपालिका–२, भाइबाङका सुस्मिता नेपाली र १ नम्बर वडा पूर्णगाउँका सुशील भण्डारीको परिवारलाई आर्थिक सहयोग भएको छ । सुस्मिता नेपालीको परिवारलाई मंगला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र मेलमिलापसम्बन्धी तालिमका प्रशिक्षकमार्फत सङ्कलित नगद आठहजार ११५ रुपैयाँ सहयोग गरिएको छ । यसैगरी नेपालीको परिवारलाई स्वतन्त्र विद्यार्थी युनियन... पुरा पढ्नुहोस
दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो
- 7 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी, २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ । मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैया खर्च गरेर एम्बुलेन्स मर्मत... पुरा पढ्नुहोस
देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)
- 7 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
म्याग्दी २५ जेठ ः म्याग्दीको मालिका गाउँपालीका ५ देविस्थानको रुन्मा गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीयबासीको सक्रियतामा दरवाङ–देविस्थान सडकको ओखलढुङ्गा खण्डदेखि हकलाङ टावर हुदै रुन्मा गाउँ जोड्ने सडक निर्माण भएको हो । पन्ध्र लाख पचास हजार रुपैयाको लगानीमा पाँच किलोमिटर ५०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष... पुरा पढ्नुहोस
लायन्स कल्व अफ बेनी पिस सिटीद्धारा पत्रकार गौतम र बानिया पुरस्कृत
- 7 बर्ष, 8 महिना अगाडि
- २५ जेष्ठ २०७५, शुक्रबार
बेनी २५ जेठ । लायन्स कल्व अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियालाई बिहीबार पुरस्कृत गरेको छ ।कल्वको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारीताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाका दरले पुरस्कार प्रदान गरिएको हो । कल्वका अध्यक्ष राजेश... पुरा पढ्नुहोस
पिप्लेमा अनुगमन : योजनामा ७५ प्रतिशत काम सम्पन्न
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा आर्थिक बर्ष २०७४/७५ को विकास निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । स्थानीय सरकाबाट निर्वाचित जनप्रतिनिधिको सक्रियताले आर्थिक बर्षको विकास निर्माणले तिव्रता पाएको हो । आर्थिक बर्ष २०७४÷७५ मा गाउँपालिका र वडाबाट विनियोजित ५० लाख बजेटले साना ठुला... पुरा पढ्नुहोस
दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । मालिका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण... पुरा पढ्नुहोस
इन्टरनेटमा पहुँच बढाउन शिक्षकहरुलाई आइसिटीसम्बन्धी तालिम
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । इन्टरनेटमाथि पहुँच बढाउन तथा कक्षाकोठामा सूचना र प्रविधिको प्रयोग गर्ने उद्देश्यले बिहीबारदेखि म्याग्दीमा सूचना, सुञ्चार तथा प्रविधि (आइसिटी) सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा विद्यालय शिक्षकहरुका लागि बेनी सामुदायिक माविमा आइसिटीसम्बन्धी तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विकास... पुरा पढ्नुहोस
प्रकाश माविमा शिक्षक अभिभावक संघ गठन
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयमा बिहीबार सम्पन्न अभिभावकहरुको भेलाले सुवर्ण रिजालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा कृष्णबहादुर हमाल, मायादेवी राजभण्डारी, लक्ष्मी जोशी, मनिषा पुन, शान्ति छन्त्याल, मनमाया गर्बुजा, पूर्णबहादुर रोका र डेगबहादुर कार्की चयन भएका छन् । भेलालाई सम्बोधन... पुरा पढ्नुहोस
पात्लेखेतमा उत्कृष्ट कृषक पुरस्कृत
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
पात्लेखेत, २४ जेठ । बेनी नगरपालीका १० पात्लेखेतका उत्कृष्ट कृषकहरुलाई बिहीबार पुरस्कृत गरिएको छ । वडा कार्यालयले वि.स २०७४ मा कृषि र पशुपालनको विभिन्न बिधामा उत्कृष्ट काम गर्ने पाँच जना कृषक छनौट गरेर पाँच हजार रुपैयाका दरले नगद सहित पुरस्कृत गरिएको हो । २०७४ चैत १३ गते बसेको छनौट समितिको... पुरा पढ्नुहोस
जनप्रतिनिधिको आगमनले विकास निर्माणमा तिब्रता, असारे विकासको अन्त्य !
- 7 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०७५, बिहीबार
म्याग्दी, २४ जेठ । म्याग्दीमा स्थानीय सरकारबाट कार्यान्वयनमा आएका विकास निर्माण योजनाहरुको कामले गति लिएको छ । विगतका बर्षहरुमा असार महिनामा बजेट सक्नको लागि अधिकाँश पूर्वाधार निर्माण योजनाका कामहरु सम्पन्न हुने गरेको भएपनि यो बर्ष भने जिल्लामा सञ्चालनमा रहेका पूर्वाधार निर्माणका योजनाहरुको प्रगती सुधारोन्मुख देखिएको छ । विगतमा हुने गरेको... पुरा पढ्नुहोस