सडक दुर्घटनामा म्याग्दीका दुई शिक्षककाे निधन
- १४ असार २०७५, बिहीबार
- 6181 पटक पढिएको
म्याग्दी, १४ असार । पोखराको मालेपाटनमा सडक दुर्घटनामा म्याग्दीका दुईजना शिक्षककाे ज्यान गएकाे छ । मोटरसाईकलमा सवार मंगला गाउँपालिका–४ बरंजा झाँक्रीपानीका २४ बर्षिय धनबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका–४ दानाकी २५ बर्षिया बृन्दा थापा मगरको ज्यान गएको हो ।
विपरित दिशाबाट आएका दुईवटा मोटरसाईकललाई ट्यांकरले ठक्कर दिएको थियो । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरको टायरले किचेर अन्नपूर्ण गापा–७ हिस्तान घराम्दी आधारभुत विद्यालयकी शिक्षक समेत रहेकी थापामगरको घटनास्थलमै र छन्त्यालको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको पोखराका प्रहरी नायव उपरिक्षक रविन्द्र गुरूङले बताए ।
‘अर्को बाईकका चालक घाईते छन्,‘मृतक दुवै एउटै बाईकमा सवार थिए’ गुरूङले भने । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । घाईतेको तत्काल उद्धार गरिएको थियो ।
बरंजाको विश्वज्योती आधारभुत विद्यालयका शिक्षक छन्त्याल यसपटक शिक्षक आयोगको तयारीमा ब्यस्त थिए ।