बावियाचौरमा ज्येष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण

  • १५ असार २०७५, शुक्रबार
  • 3537 पटक पढिएको

म्याग्दी, १५ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दुई दिने जेष्ठ नागरिक र अपांगता परिचय पत्र वितरण शिविर विहिवार सम्पन्न भएको छ । शिविरमा १७७ जना ज्येष्ठ नागरिक र ४३ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।
मंगला गाउँपालिकाको लक्षीत बर्ग अन्र्तगतको आर्थिक सहयोग, अपाग संघ म्याग्दीको प्राविधिक सहयोग तथा अपांगता सञ्जाल मंगला गाउँपालिकाको आयोजनामा भएको शिविरमा महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयबाट खटीएको टोलीले परिचय पत्र विरतण गरेका थिए ।


सो अवसरमा अपांगता भएका व्यक्तिहरुलाई आबश्यकता अनुसार ह्वील चेयर सेतो छडी, वैशाखी लगायतका रु १ लाख बराबरको अपांगता सहयोगी सामाग्रीहरु समेत वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी लगायतले अपांगता भएका व्यक्तिहरुलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।