कालीगण्डकीमा जिप खस्दा दुई जना वेपत्ता
- १४ असार २०७५, बिहीबार
- 4991 पटक पढिएको
म्याग्दी १४ असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा विहिबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालीका ७ का वडा अध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवी खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए ।
कालीगण्डकीको बिचमा अड्कीएको जिप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ बुढाले बताए ।
नदीमा अड्कीएको जिप तान्नका लागि एक्साभेटर समेत प्रयोग गरीएपनी नदीमा बढेको पानीको बहावले समस्या भएको छ ।
तस्विरः तेजेन्द्र बानियाँ र बुद्धि पुनको फेसबुकमार्फत ।