शिखमा कान्छी बाराही मन्दिरको पुनःनिर्माण
- १५ असार २०७५, शुक्रबार
- कमल खत्री/ सन्ताेष गाैतम
- 2217 पटक पढिएको
म्याग्दी १५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका –५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय बासिन्दाको पहलमा मन्दिर पुननिर्माण भएको हो ।
गाउँपालीका र स्थानीयबासीको दश लाख असी हजार ३५ रुपैयाको लगानीमा मन्दिर पुनःनिर्माण गरीएको उपभोक्ता समितिका सचिव अम्मरबहादुर रानाले जानकारी दिनुभयो । करिब एक सय वर्ष पुरानो मन्दिरको पुरानो संरचनालाई जगैदेखि भत्काएर पुननिर्माण गर्नुका साथै रेलीङ र सिढी समेत बनाइएको छ । गाउँपालीकाले चार लाख पचास हजार रुपैया उपलब्ध गराएको मन्दिर पुननिर्माणका लागि स्थानीयबासी र प्रवासमा रहेका शिखबासीहरुबाट थप छ लाख रुपैया भन्दा बढी सहयोग जुटेको छ ।
शिख्तानी समाज बेलायतबाट चार लाख, स्थानीयबासीको दुई लाख ८० हजार बराबरको श्रम तथा चन्दा सहयोग तथा मन्दिरको कोषमा रहेको पचास हजार रुपैया पुननिर्माणमा परिचालन गरिएको सचिव रानाले बताउनुभयो ।
जनै पुर्णीमा पर्वमा बिशेष मेला लाग्ने यस मन्दिरमा दैनिक पुजाआजा सञ्चालन गर्ने तयारी भएको छ । पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कान्छि बाराही मन्दिरमा मुर्ती प्रतिस्थापान, घेराबार र प्रचारप्रसार गरेर धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गराउने योजना रहेको वडा अध्यक्ष दिनेशकुमार तिलीजाले बताउनुभयो ।