म्याग्दी समाचार

नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका केसी निर्वाचित

म्याग्दी, १५ साउन । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका ओकील केसी बिजयी हुनुभएको छ । आईतवार सम्पन्न पाँचौ अधिवेशनको मतगणनाबाट लोकप्रिय मत ल्याएर केसी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । लिस्बनमा भएको अधिवेशनबाट उपाध्यक्षमा बिजयी भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका केसीले पोर्तुगलमा व्यवसाय... पुरा पढ्नुहोस

गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)

म्याग्दी, १५ साउन । द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न... पुरा पढ्नुहोस

बेनीका जेष्ठ नागरीक केसीद्धारा धाईरीङ स्वास्थ्य चौकीलाई सहयोग

बेनी १४ साउन । जलजला गाउँपालिका ७ धाईरीङ स्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि एक जेष्ठ नागरीकले सोमबार एक लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको छ । धाईरीङ घर भई हाल म्याग्दीको बेनी नगरपालीका ७ शान्ति टोल निवासी ९० वर्षिय बोमबहादुर केसीले एक लाख ११ हजार १११ रुपैया सहयोग गर्नुभएको... पुरा पढ्नुहोस

मोना जापान र देउराली पञ्चेबाजा समुहद्धारा आयोजित समर विविक्यु भव्य रुपमा सम्पन्न (भिडियो सहित)

म्याग्दी, १४ साउन । जापानमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न आयोजित समर विविक्यु कार्यक्रम विबिध प्रतियोगिता सहित साँगेतिक माहोलमा सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र देउराली पञ्चेबाजा समुहको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जापानमा रहेका म्याग्देलीसंगै विभिन्न संघ संस्थाबाट समेत बाख्लो सहभागीता जनाएका थिए । सो... पुरा पढ्नुहोस

निस्कोट बराह ताल जाने पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराहताल जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत् निस्कोटदेखि बराहताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण गरेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेऊसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाअध्यक्ष... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण : दाना–खुर्कोट प्रशारण लाईनको काम तिब्र

म्याग्दी, १४ साउन । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालीगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कार्यले तिब्रता पाएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण... पुरा पढ्नुहोस

विकास बजेट बग्यो : म्याग्दीमा सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो

म्याग्दी, १३ साउन । म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् । भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा... पुरा पढ्नुहोस

वेष्ट पोइन्टका विद्यार्थीहरु काठमाडौँमा

म्याग्दी, १३ साउन । न्यु वेष्ट पोइन्ट आवासीय माविका विद्यार्थीहरु अध्ययन–अनुभवका लागि काठमान्डौ प्रस्थान गरेका छन् । स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम अन्तर्गत कक्षा ६ देखि १० सम्मका १८ जना विद्यार्थीहरु काठमान्डू गएका हुन् । प्रत्येक सेक्सनबाट प्रतिनिधित्व हुने गरि विद्यार्थीहरु लाइ सो कार्यक्रमको लागी पठाइएको हो । साउन १३ गते आइतबार... पुरा पढ्नुहोस

अण्डर –५ फूटबल प्रतियोगिता सम्पन

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो । हरेक वर्ष बर्षे बिदा शुरुहुनुभन्दा... पुरा पढ्नुहोस

म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्वाचित, समृद्धीको यात्रामा चौतर्फि सहकार्यमा मन्त्री पुनको जोड

म्याग्दी, १३ साउन ।‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ भएको म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशनबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विजय श्रेष्ठ, महासचिवमा कुविरकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल,... पुरा पढ्नुहोस