बेनीका जेष्ठ नागरीक केसीद्धारा धाईरीङ स्वास्थ्य चौकीलाई सहयोग

  • १४ श्रावण २०७५, सोमबार
  • 1833 पटक पढिएको

बेनी १४ साउन । जलजला गाउँपालिका ७ धाईरीङ स्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि एक जेष्ठ नागरीकले सोमबार एक लाख रुपैया भन्दा बढी सहयोग गर्नुभएको छ । धाईरीङ घर भई हाल म्याग्दीको बेनी नगरपालीका ७ शान्ति टोल निवासी ९० वर्षिय बोमबहादुर केसीले एक लाख ११ हजार १११ रुपैया सहयोग गर्नुभएको हो । वयोवृद्ध केसीले सोमबारनै मिलनचोक आमा समूहलाई दशहजार रुपैया नगद सहयोग गर्नुभएको उहाँका छोरा शेरबहादुर केसीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष टुङ्गनाथ आचार्यका अनुसार स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । बिस लाख रुपैयामा सल्यानमा दुई रोपनी जग्गा खदिर भइसकेको छ । यस अघि धाइरिङ सल्यानका तुलसीराम उपाध्यायको परिवारले एक लाख पाँच हजार रुपैया सहयोग गर्नुभएको थियो । सल्यानकै मोतिलाल उपाध्यायको परिवारबाट ७७ हजार ७७७,पुस्पराज पौडेल ७५ हजार १७५, टिकाबल्भ उपाध्याय ७५ हजार १५५,कुलपति उपाध्याय २५ हजार ५ ,प्रमानन्दआचार्य २५ हजार पाँच, रत्नवहादुर केसी २५ हजार पाँच,नारायण प्रसाद उपाध्याय २० हजार पाँच,मनवहादुर दमाई २० हजार पाँचसय र बलभद्र गिरी १५ हजार एकसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।


त्यस्तै धर्म गिरि १५ हजार एकसय ५५,टेक नारायण आचार्य,१५ हजार एकसय ७७, माधवप्रसाद आचार्य १५ हजार पाँच,हिमलाल रिजाल १५ हजार एक सय पाँच,खिमप्रसाद पौडेल १५ हजार एकसय ५५,केशवपौडेल १५ हजार,टेक बहादुर हमाल १५ हजार,खिम प्रसाद पौडेल १५ हजार,उमानाथ पौडेल ३० हजार, वेदनाथ आचार्य(गोपाल) १५ हजार,रमेश आचार्य १५ हजार,कृष्ण प्रसाद आचार्य १५ हजार,लालकुमारी गिरि १५ हजार पचास, लालवहादुर विक १५ हजार १५,यामलाल विक १५ हजार ५५,होम वहादुर खत्री १५ हजार पाँचसय ५ र महानन्द पौडेल,१५ हजार सहयोग प्राप्त भएको छ ।

यसै गरि नन्दलाल शर्मा १५ हजार पाँच,गणेश आचार्य १५ हजार,प्रकाशआचार्य १५ हजार,हरिप्रसाद पौडेल,१५ हजार,पुरुसोत्तम सुवेदी १५ हजार,वुद्धिप्रसाद सुवेदी १५ हजार,कृष्ण सुवेदी १५ हजार,धर्म आचार्य १५ हजार,शेषकान्तआचार्य १७ हजार पाँच, लालकुमारी गिरि १५ हजार पाँच सय ५५,गौरीश्वर उपाध्याय १५ हजार,नारायण दत्तशर्मा १५ हजार,कमलापति आचार्य एक हजार,शिवपौडेल १५ हजार,चन्द्र वहादुर विक १५ हजार ५५ रुपियाँ सहयोग गर्नुभएको छ । गाउँमा सुविधा सम्पन्न स्वास्थ्यको नयाँ भवन भन्ने भएपछि गाउँलेहरुले उत्साहित भएर सहयोग गरेको आर्थिक सहयोग संकलन अभियानका सदस्य हरिप्रसाद आचार्यले बताउनुभयो । देश तथा विदेशमा रहेका धाइरिङ वासीहरुलाई सहयोगका लागि आह्वान गरिएको आचार्यले बताउनुभयो ।

                                                                         तस्बीर बिकल्पन्युज डटकम