बेनीमा नेपाली काग्रेसद्वारा सरकारको विरोध ( भिडियाेसहित )

  • १५ श्रावण २०७५, मंगलवार
  • धिरन खत्री
  • 2379 पटक पढिएको

म्याग्दी, १५ साउन । विपक्षी दल नेपाली काँग्रेस  म्याग्दीले  सरकार विरुद्ध सदरमुकाम बेनीमा विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस केन्द्रको निर्देशन अनुसार देशभर भएको विरोधमा बेनीमा पनि नेता तथा कार्यकताको बाख्लो उपस्थितमा विरोध प्रदर्शन गरेको हो । पाटी कार्यालयबाट सुरु भएको ¥याली बेनीबजार परिक्रमा गरि संगमचोकमा कोणसभामा परिणत भएको थियो । सरकारले  मूल्य वृद्धि  गरेकाे, कर बृध्दि र  भष्ट्रचार जन्य गतिविधि गरेकाे अाराेप लगाउदै    देशभर सरकारको विरोध प्रर्दशन गरेकाे थिए ।

 


संगमचोकमा भएको कोणसभामा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सभापति खमविर गर्वुजाले कम्युनिष्ट सरकारले बहुमतको खिल्ली उडाउदै नेपाली जनतामाथि सुविधाभन्दा महंगी दिएको भन्दै यस विरुद्ध विरोध प्रर्दशन गर्न  बाध्य भएकाे बताए ।  जनताले दिएको जनमतभित्रकाे  दम्भलाई निरन्तरता गरेमा यो सरकार धेरै समय नटिक्ने बताए । त्यस्तै पुर्व सभापति तथा सासंद रेशमबहादुर बानियाँले सरकार सर्वसत्तावादी भएको कारण सडकमा आउनुपरेको बताए ।


त्यस्तै कोणसभामा नेता नेत्रबहादुर महत, जिल्ला सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, महिला नेतृ विमला गौचन, तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, युवा नेता रमेश श्रेष्ठ लगायतले सरकारको विरुद्ध भाषण गरेका थिए । नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाको अध्यक्षता, उपसभापति माधवप्रसाद रेग्मीको स्वागत र सह–सचिव भरत रकालको सञ्चालनमा भएको कार्यक्रममा नेता तथा कार्यकताको बाख्लो उपस्थित भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l