नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका केसी निर्वाचित

  • १५ श्रावण २०७५, मंगलवार
  • 2096 पटक पढिएको

म्याग्दी, १५ साउन । नेपाली कांग्रेस को प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलको उपाध्यक्षमा म्याग्दीका ओकील केसी बिजयी हुनुभएको छ । आईतवार सम्पन्न पाँचौ अधिवेशनको मतगणनाबाट लोकप्रिय मत ल्याएर केसी उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

लिस्बनमा भएको अधिवेशनबाट उपाध्यक्षमा बिजयी भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका केसीले पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएको छ । नवनिर्वाचित उपाध्यक्ष केसीले प्रवासमा संगठनलाई बलियो बनाउन र त्यहाँ रहेका नेपालीहरुको समस्याहरुलाई समाधान गर्नमा आफुले सक्दो समय खर्चिने प्रतिबद्धता जनाउनुभएको छ ।


केसीले ५ वर्ष देखि कामदार प्रदायक कम्पनि मार्फत करिब १०० जनालाई रोजगारी उपलब्ध गराउदै आउनुभएको छ । अधिबेशनबाट जनसम्पर्क समितिको अध्यक्ष पदमा बिनोद घिमिरे, महामन्त्रीमा पुरुषोत्तम सुवेदी, अन्य २ उपाध्यक्ष पदमा नविन आचार्य, रमेश कँडेल निर्वाचित हुनुभएको छ ।