म्याग्दी समाचार

“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”प्रकाशन

बेनी १६ भदौ । प्राध्यापक डाक्टर कर्णबहादुर बानियाद्धारा लिखीत“म्याग्दीको इतिहाँस, संस्कृति र सम्पदा”नामको पुस्तक प्रकाशन भएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनु भएका इतिहाँसमा विद्यावारिधी गर्नुभएका प्राध्यापक बानियाले म्याग्दी जिल्लाको ईतिहाँस, संस्कृति र सम्पदाको विषयमा अनुसन्धनात्मक लेखहरु सहितको पुस्तक प्रकाशन गर्नुभएको हो । पाँच वर्षको अध्ययनपछि विभिन्न तथ्यहरु... पुरा पढ्नुहोस

बेनीमा रोपाई नाच प्रदर्शन (फोटो फिचर)

म्याग्दी १५ भदौ । बेनीमा एक महिने लामो बर्खेनाच अन्र्तगत शुक्रवार रोपाई नाच देखाईएको छ । बेनीमा बस्ती बसेदेखि नै देखाउन थालिएको बर्खेनाचमा रोपाई नाच संगै लाखे, घोडा, नागनागीनी, गोरु र जोगी नाच देखाउने प्रचलन रहेको छ । नेपाल भाषा मंका : खल : को मुल आयोजनामा निकालिएको रोपाई नाचमा... पुरा पढ्नुहोस

बेनीमा पुस्तकालय दिवस मनाइयो

बेनी १५ भदौ । बेनीमा शुक्रबार आठौ पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी पुस्तकालयको आयोजनामा अतिथिहरुलाई पुस्तक अध्ययन गराएर दिवस मनाइएको हो । पठन संस्कृती र पुस्तकालय जाने बानिको विकास गराउन सन्देश प्रवाह गराउने उद्देश्यले पुस्तक अध्ययन कार्यक्रम आयोजना गरिएको म्याग्दी सामुदायीक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । कार्यक्रममा... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा तिज नृत्य प्रतियोगिता

म्याग्दी, १५ भदौ । म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा शुक्रबार तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १४ समूह सहभागि प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि प्रथम, म्याग्दी बहुमुखी क्याम्पस दितृय, वुद्ध एकेडेमी तितृय र न्यु होराईजन एकेडेमी पर्वत बेनी सान्तवना भएका थिए । प्रथम, दितृय, तृतिय र... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा एकिकृत सम्पत्ति मूल्याङ्कनलाई वैज्ञानिक बनाउन पहल

बेनी १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनी नगरपालिकाको एकिकृत सम्पत्ति करका लागि गरिएको सम्पत्ति मूल्याङकनलाई वैज्ञानिक बनाउन पहल थालेको छ । अवैज्ञानिक रुपमा भएको सम्पत्ति मूल्याङकनका कारण मर्कामा परेको नगरबासीको गुनासो बढेपछि नेकपाले आफ्ना पार्टीबाट नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुलाई शुक्रबार कार्यालयमा बोलाएर छलफल गरेको छ । छलफलमा... पुरा पढ्नुहोस

बुद्ध एकेडेमीमा विद्यालय—अभिभावक सम्पर्क समिति गठन

म्याग्दी, १५ भदौ । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार गेमवहादुर घर्तीको अध्यक्षतामा विद्यालय—अभिभावक सम्पर्क समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सावित्री शाह,सदस्य सचिवमा नि.प्रधानाध्यापक धु्रबसागर शर्मा र सदस्यहरुमा बमबहादुर पुन,हेमवहादुर पुन,इन्दिरा कार्की,सुशिला सापकोटा,वसन्ती पाइजा रहनुभएको छ । समितिका अन्य सदस्यहरुमा भूमिसरा घर्ती,यामकुमारी गर्वुजा,सुमन केसी,खिमा... पुरा पढ्नुहोस

मोनाको तेस्रो सम्मेलन पोर्चुगलमा हुने

बेनी १५ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो साधारणसभा पोर्चुगलमा हुने भएको छ । आगामी अक्टुबरको २१ र २२ तारिखमा पोर्चुगलको लिसबोन शहरको साना लिसओवा होटलमा हुने साधारणसभाका लागि मोनाका उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा साधारण सभा मुलआयोजक समिति गठन भएको छ । आन्तरिक तयारीका लागि भने... पुरा पढ्नुहोस

गाउँकै पाखो बारीमा समृद्धि खोज्दै युवा

म्याग्दी, १५ भदौँ । घरखर्च चलाउन दैनिक सयौँ युवाहरु विदेश जाने क्रम बढिरहेको बेला एक युवा गाउँकै पाखो बारीमा समृद्धि खोजिहरेका छन् । केही समय विदेश बसेर स्वेदशमा फर्किएका रघुगंगा गाउँपालिका– २ एक्लीखेतका युवा बालकृष्ण केसीले आफ्नै पाखो खेतबारीमा निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै ब्यवसायिक कृषि खेती सुरु गरेका छन् ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल

बेनी १५ भदौ । राष्ट्रिय खेलकुद विकास परिषद्को ५५ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा मैत्रीपूर्ण फुटबल खेल भएको छ । जिल्ला खेलकुद विकास समितिले बेनी नगरपालिकाका जनप्रतिनिधि र कार्यालय प्रमुख तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल भएको हो । कर्मचारीहरुको टोलीले जनप्रतिनिधिहरुको टोलीलाई २ का विरुद्ध ५ गोल गरेको थियो ।... पुरा पढ्नुहोस

सहकारीद्धारा दिवंगत सेयर सदस्यका परिवारलाई सहयोग

बेनी १५ भदौ । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीको यही भदौ ५ गते भएको निधनप्रती दुख व्यक्त गर्दै सञ्चालक समितिको निर्णय अनुसार २५ हजार रुपैया नगद आर्थिक सहयोग गरेको हो... पुरा पढ्नुहोस