ताकमकोतमा पर्यटन प्रर्वद्धन कार्यक्रम

  • २३ चैत्र २०७५, शनिबार
  • 2179 पटक पढिएको

ताकम २३ चैत । म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत शनिबार उद्योग वाणिज्य संघले धवलागिरी गाउँपालिका ७ ताकमकोतमा पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम गरेको छ ।जिल्लाका सबै स्थानीय तहका एक एक वटा नयाँ पर्यटकीय गन्तब्य स्थलमा पुगेर प्रर्वद्धनमा सघाउने म्याग्दी उद्योग वाणिज्य संघको अभियान अन्तरगत ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको ताकमकोतमा कार्यक्रम गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा ताकमकोत पुगेका संघका पदाधीकारी तथा सदस्यहरुले ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माण समितिका पदाधीकारीहरुसँग ताकमकोतको महत्व, अवस्था, सम्भावना र योजनाको विषयमा छलफल गरेका थिए ।ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माण समितिका अध्यक्ष तेजिन्द्रबहादुर थापा र पुजारी हेमराज पौडेलले कोतको इतिहाँस, वर्तमान अवस्था, धार्मिक, पर्यटकीय सम्भावना र आगामी योजनाको बारेमा जानकारी गराएका थिए ।

नेपाल एकिकरणपूर्व तत्कालिन थापा राजाले राज्य सञ्चालन केन्द्र बनाएको ताकमकोत र त्यहाँ रहेको जगन्नाथ मन्दिरको समुदायको पहलमा पुननिर्माण सुरु गरिएको छ । समुन्द्रि सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको ताकमकोतबाट धवलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाल, सुर्योेदय, ग्रामिण बस्तीहरुको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।सो अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा ताकमकोत जगन्नाथ मन्दिर पुननिर्माणका लागि २५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेका थिए ।