मंगलामा नेकपाको कमिटि गठन

  • २३ चैत्र २०७५, शनिबार
  • 1673 पटक पढिएको

 

सिजन रोका

बाबियाचौर २३ चैत । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँ कमिटिको अध्यक्षमा प्रेमप्रसाद रेग्मी र सचिवमा यामबहादुर रोका चयन भएका छन् ।बाबियाचौरमा शनिबार भएको नेकपाको कार्यकर्ता भेलाले मंगलाको ५ वटै वडाका अध्यक्ष र सचिव समेत चयन गरेको छ । अध्यक्ष रेग्मी पुर्व एमाले र रोका पूर्व माओवादी केन्द्रको नेता हुन् ।

वडा न. १ कुहुँको अध्यक्षमा    एकजित राेका , शिव विक सचिव, वडा न. २ बाबियाचौरको अध्यक्षमा कुलबहादुर पुन र सचिवमा चक्रलाल पाण्डे, वडा न. ३ बरंजाको अध्यक्षमा मोहनलाल सापकोटा र सचिवमा कर्ण गिरी चयन भएका छन् ।

वडा न. ४ बरंजाको अध्यक्षमा कलाधर कडेल र सचिवमा उमेश बिक, वडा न. ५ अर्मनको अध्यक्षमा चिरञ्जिवी आचार्य र सचिवमा मनप्रसाद कडेल चयन भएका छन् । नेकपाको जिल्ला संयन्त्र सदस्य टेकबहादुर बिक, देव घले, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, नेकपाका नेता चन्द्रबहादुर बुढा, गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायत नेताहरुको उपस्थितीमा बैठक बसेको थियो ।