बेनीमा पर्यटन महोत्सव आजदेखि सुरू हुँदै
- २३ चैत्र २०७५, शनिबार
- 1759 पटक पढिएको
म्याग्दी, २३ चैत । म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा सुरु हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५कोतयारी पुरा भएको महोत्सवका मुल संयोजक चिरञ्जीवी शर्माले जानकरी दिए । उनका अनुसार आज बिहान ११ बजे देखी बिरेन्द्रचोक बाट बिभिन्न जातजाती, भाषाबासी सहितको ¥यालीमा हुने र १२ बजे खुल्ला मञ्चमा गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसीले उद्घाट गर्ने भएका छन्। महोत्सवका आज साझँ बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतीक प्रस्तुती रहेने आयोजकले जनाएको छ ।
महोत्सवलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि १३ ओटा उपसमिति गठन गरिएको रेडियो संचालक समितिका सचिव ठाकुरप्रसाद शर्माले जानकारी दिए । रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको छ ।
स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने महोत्सवमा खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, म्याग्दी डान्स आइडलको रुपमा एकल नृत्य लगायतका प्रतियोगीता समेत समावेश गरिएको छ । खुला दोहोरी गीत प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनलाई क्रमश ः नगद रु ५० हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ । भने नृत्य प्रतियोगीतामा क्रमशः रु २५ हजार, १० हजार र ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिए ।
बेनीको खुलामञ्चमा सञ्चालन हुने महोत्सवमा १०० वटा व्यापारिक स्टल रहनेछन् । स्थानीय उत्पादनका बस्तुहरुको प्रदर्शनी र प्रवद्र्धनको लागि आयोजकले १० वटा स्टल निःशुल्क उपलब्ध गराउने रेडियोका स्टेशन संयोजक एवम् महोत्सवका व्यवस्थापन संयोजक भरत रकालले जानकारी दिए । ‘‘ महोत्सवलाई हामिले जिल्लाको कला संस्कृतिको संरक्षण र संवद्र्धनको क्षेत्रमा केन्द्रित गर्दैछौँ, व्यवसायिक रुपमा मात्रै नभएर स्थानीय उत्पादनको प्रचार प्रसार र साना र घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो उद्देश्यले महोत्सव आयोजना गरेका हुन् । महोत्सव अवधिभर १० लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अनुमान आयोजकको छ ।
महोत्सव उद्घाटनको दिन बेनीमा साँस्कृतिक झाँकी प्रदर्शन समेत हुनेछ । महोत्सवले म्याग्दी भ्रमण बर्षलाई सहयोग पुग्नुको साथै म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरुको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने देखिन्छ । ५८ लाख ८० हजारको आम्दानी खर्च हुने अनुमान गरिएको महोत्सवबाट बचत हुने रकमलाई रेडियोको संस्थागत विकास संगै जिल्लामा संचारकर्मी राहतकोष निर्माणमा परिचालन गरिने रेडियोले जनाएको छ ।