मुनामा पत्रकारिता र उद्घोषणकला तालिम सुरु

  • २२ चैत्र २०७५, शुक्रबार
  • 2185 पटक पढिएको

मुना २२ चैत ।म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबारदेखि पत्रकारिता पुनःताजगी एवम् उद्घोषणकला तालिम सुरु भएको छ ।धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघको समन्वय र म्याग्दी मिडिया सोसाइटीले आयोजना गरेको तालिम २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा धवलागिरी गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले स्थानीय तह र वडा स्तरमा पत्रकारिता तथा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको बताए ।विकास, शुसासन र सकारात्मक विषयको प्रचारप्रसार तथा विकृति, बेथिती र विसंगतिलाई खबरदारीका लागि पत्रकारिताको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय तहको गतिबिधिमा सञ्चार माध्यम र पत्रकारिताको माध्यमबाट निगरानी बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले संघीयता कार्यान्वयनसँगै गाउँघरमा आएका सरकारको निगरानी, खबरदारी र रचनात्मक कामको प्रर्वद्धनका लागि पत्रकारिता गाउँ केन्द्रित भएको बताए ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव अमित विश्वकर्माले सञ्चालन गरेका थिए ।