म्याग्दी समाचार

घुम्ती शिविरबाट गुर्जाबासीलाई गाउँमै लालपुर्जा , सरकारी सेवा सुविधाले स्थानीयबासी उत्साहीत

म्याग्दी, १६ कात्तिक । धवलागिरि गाउँपालिका– १ गुर्जाका स्थानीयबासीले घुम्ती शिविरबाट लालपुर्जा पाएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट गाउँ गुर्जाबासीले आफुले उपभोग गर्दै आएको जग्गा जमिनको लालपुर्जा पाएका हुन् ।शिविरबाट लालपुर्जा लिएका ६५ बर्षका रेशविर... पुरा पढ्नुहोस

किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन (फाेटाे फिचर)

किन्दु १६ कात्तिक । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्यवस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो ।... पुरा पढ्नुहोस

म्याग्दीको रुईसेदेखि धौलागिरि आईसफल क्षेत्र नयाँ पर्यटकीय गन्तब्यमा समावेश

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे देखि धौलागिरि आईसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरोको एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आईसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक... पुरा पढ्नुहोस

लेखफाटकाे सहस्रकमायमा शिवपुराण हुने

म्याग्दी, १५ कात्तिक । चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ । जलजला गाउ पालिका वडा नम्बर ५ लेखफाटको सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष २ गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो । पौराणिक कालंजर पर्वत श्रीपुलेक स्वर्गद्वारी आश्रम प्युठान संगै... पुरा पढ्नुहोस

पर्यटकीय टोड्केमा करोडौँ लगानीमा रिसोर्ट ( फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण सुरु गरिएको छ । समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल टोड्के क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि टोड्के हिल रिसोर्ट... पुरा पढ्नुहोस

चिमखोले काइँलाद्वारा १० लाखको अक्षय कोष स्थापना

म्याग्दी, १४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत गर्वुजा पुन (चिमखोले काइँला) ले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । आफ्नो दिवंगत माता पिता शेरबहादुर र जनिमा गर्बुजाको चौथो स्मृति दिवसको अवसरमा हाल बेलायत बस्दै आउनुभएका पुनले चिमखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीका... पुरा पढ्नुहोस

डेढ महिनादेखि धौलागिरि आधार शिविर जाँदै गर्दा बेपत्ता भरियाको शव भेटियो

म्याग्दी, १४ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर जाँदै गर्दा वेपत्ता भएका एक जना भरियाको डेढ महिनापछि शव भेटिएको छ । इटली आधार शिविरबाट धौलागिरि आधार शिवीर जाने क्रममा गत भदौ २५ गते खोलामा खसेर वेपत्ता भएका धादीङको जमुना गाउँपालिका–१ का ३९ वर्षीय कर्मा लामा तामाङको... पुरा पढ्नुहोस

मुक्तिनाथ परिसरमा अण्डरवेयरको खात भेटीएपछि ….. (फोटो कथा)

मुस्ताङ १४ कात्तिक । नेपालदेखि भारत सम्मका धर्मावलम्बीहरुको आस्थाको धरोहर बनेको हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा अण्डरवेयर ( कट्टु)को खात भेटिएको छ । मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारा र दुई कुण्डमा डुबेर स्थान गरेमा पाप पखालिने जनविश्वासले त्यहाँ पुग्ने सबैजसो भक्तजन र पर्यटकहरुले नुहाउने गर्छन् ।... पुरा पढ्नुहोस

गुर्जाको ‘गुस्तुङ पिक’ को सफल आरोहण

म्याग्दी, १४ कात्तिक । धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो । आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस... पुरा पढ्नुहोस

विक्रिमा डाली र मान्द्रो

म्याग्दीको सदरमुकाम बेनीमा विक्रि गर्न लिएको डाली र मान्द्रो । ब्यवसायीले डालीलाई ६ सय र मान्द्रोलाई ३५ सयमा विक्रि गरिरहेका छन् । खेती भित्र्याउने यो समयमा डाली र मान्द्रोको बढी प्रयोग हुन्छ । तस्विरः धिरन खत्री । बेनी, १३ कात्तिक । पुरा पढ्नुहोस