धवलागिरी गाउँपालिकामा योजना तर्जुमा सुरु

  • २० जेष्ठ २०७६, सोमबार
  • 1267 पटक पढिएको

 

बेनी २० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम तर्जुमा सुरु गरेको छ । वडा स्तरबाट योजनाको माग संकलन गरेको हो । बस्ती हुदै सोमबार सम्म सबै वडा स्तरमा योजना तर्जुमा गोष्ठि मार्फत माग संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो ।

संकलित योजना तथा कार्यक्रमको मागको विवरण विषयगत समितिमा छलफल गरेर बजेट बिनियोजनका लागि कार्यपालिका बैठकमा लैजाने प्रक्रिया छ । योजना तर्जुमाका लागि राजस्व परामर्श, स्रोत अनुमान तथा सिमा निर्धारण र बजेट तर्जुमा तथा कार्यक्रम अनुमान समितिको बैठक हुदै कार्यपालिकामा लगिने उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आयस्रोत र चालू आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटको अनुमानको आधारमा बजेट तयार पारिने प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।