म्याग्दी समाचार

मंगला युवा क्लबद्धारा बालबालिकालाई पोशाक वितरण (तस्बिर सहित)

म्याग्दी ५ पुस । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा रहेको मंगला युवा क्लबले जानकी आधारभुत विद्यालयका बालबालिकाहरुलाई पोशाक वितरण गरेको छ । क्लबको ‘मंगला शिक्षा अभियान’ अन्र्तगत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २८ जना बालबालिकाहरुलाई रु १ लाख २० हजार बराबरको लत्ताकपडा वितरण गरिएको हो । विद्यालयमा आयोजित... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिका स्तरीय शिक्षक महासंघबाट घाईते प्रअको उपचारमा ९० हजार बढी सहयोग

म्याग्दी, ४ पुस । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अगुवाईमा गाउँपालिकाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षक र विद्यालय... पुरा पढ्नुहोस

नगरपालिकामा आन्दोलित मजदुर कर्मचारीको माग सम्बोधन गर्न अनेरास्ववियूको माग

सन्दिप शर्मा म्याग्दी ४ पुस । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले मजदुरको आवाजको सुनुवाई गर्नु पर्ने बताएको छ । बेनी नगरपालिकाको कार्यलयमा शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले सदरमुकाम बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामा सुन्नमा आएको भन्दै तत्काल मजदुरको... पुरा पढ्नुहोस

बेनीको फोहोर व्यवस्थापन : तलब नपाएपछि कर्मचारीले रोके काम, उठ्न छाड्यो फोहोर (भिडियो सहित)

म्याग्दी ४ पुस । म्याग्दी सदरमुकाम बेनीको फोहोर व्यवस्थापनको कार्य रोकिएसंगै बजार क्षेत्रको फोहोर उठ्न छाडेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि मार्फत फाहोर व्यवस्थापनमा कार्यरत कर्मचारीले समयमै तलब नपाएपछि उनीहरुले फोहोर संकलनको कार्य रोकेका हुन् । बेनीमा मङ्सिर अन्तिम सातादेखि नै फोहोर संकलन हुन... पुरा पढ्नुहोस

इमान्दारिताको नमुना कार्य : नगद सहित भेट्टाएको झोला युवा व्यवसायि शर्माले गरे फिर्ता !

म्याग्दी ३ पुस । म्याग्दीका एक युवा व्यवसायिले बाटोमा भेट्टाएको नगद र चेक सहितको महोत्वपूर्ण सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ । विहिवार अपरान्त अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनी देखि दानातर्फ जाने क्रममा जिपको झ्यालबाट खसेर हराएको झोला फेला पार्नुभएका रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले सम्बन्धित व्यक्तिको खोजी... पुरा पढ्नुहोस

म्याग्देली गायक गगनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १ पुस । म्याग्देली चर्चित गायक गगन पुनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’बोलको गीतले चर्चा बटुल्न थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका युवा गायक पुन र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । मङ्सिर अन्तिम साता युटुब मार्फत सार्वजनिक गरिएको... पुरा पढ्नुहोस

कृषि विकास रणनीति कार्यान्वयनमा जोड

म्याग्दी, २ पुष । ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधारका लागि कृषि क्षेत्रको उत्पादन बढाउन स्थानीय तहमा कृषि विकास रणनीति कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा भएको स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र कृषि प्राविधिक उपस्थित रहेको कार्यक्रममा कृषि... पुरा पढ्नुहोस

लिटल गार्डेनले विविध कार्यक्रमका साथ मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमिले आफ्नो १६ औँ स्थापना दिवस तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । त्रिदिवसीय कार्यक्रमका साथ विद्यालयले अभिभावक र विद्यार्थीहरुबिचको प्रतियोगितात्मक कार्यक्रम र साँस्कृतिक कार्यक्रम सहित बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सव मुल समारोहको उद्घाटन गर्दै जिल्ला... पुरा पढ्नुहोस

पत्रकार साधन राम्जाली विएण्ड वि फाउण्डेशनबाट सम्मानित

म्याग्दी, १ पुष । म्याग्दीमा क्रियाशिल पत्रकार साधन घर्ति मगरलाई वि एण्ड वि फाउण्डेशनबाट सम्मानित भएका छन् । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट घर भउर हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन मगर र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित फाउण्डेशनबाट राम्जालाी सम्मानित भएका हुन् । सिद्धार्थ माविको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा... पुरा पढ्नुहोस

सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

म्याग्दी, १ पुष । जिल्लाको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ पुरस्कार र शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण र शैक्षिक सामाग्री वितरण गरिएको... पुरा पढ्नुहोस