म्याग्दी समाचार
हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिमपात
- 5 बर्ष, 10 महिना अगाडि
- २७ मंसिर २०७६, शुक्रबार
म्याग्दी २७ मंसिर । हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिउँ परेको छ। गुर्जा हिमालको काखमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा र अन्नपुर्ण गाउँपालिका–६ पुनहिल घोडेपानी लगायतको क्षेत्रमा हिमपात भएको हो । अत्यधिक चिसोसंगै विहानदेखि हिउँ परेर गाउँनै हिउँले ढाकीएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जा संगै म्याग्दीको प्रमुख... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपात
- 5 बर्ष, 10 महिना अगाडि
- २७ मंसिर २०७६, शुक्रबार
मुस्ताङ २७ मंसिर । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको... पुरा पढ्नुहोस
गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन
- 5 बर्ष, 10 महिना अगाडि
- २७ मंसिर २०७६, शुक्रबार
मिलनचोक, २७ मंसिर । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको... पुरा पढ्नुहोस
नेबिसंघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री
- 5 बर्ष, 10 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
म्याग्दी, २६ मंसिर । नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन भएका छन् । नेपाली काँग्रेस निकट नेविसंघको विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा,... पुरा पढ्नुहोस
उपचारका लागि तातोपानी कुण्डमा विरामीको भिड
- 5 बर्ष, 10 महिना अगाडि
- २६ मंसिर २०७६, बिहीबार
म्याग्दी, २६ मंसिर । पुर्वाधार निर्माणसंगै म्याग्दीमा रहेका तातोपानी कुण्डमा पछिल्लो समय विरामी तथा स्नान गर्नेहरुको भिड बढेको छ। जिल्लाको बेनी नगरपालीका ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डबाट निस्कने ५० डिग्री तापक्रमको पानी संकलन गरीएको पोखरीमा उपचार गराउन कुण्ड परिसरमा विरामीहरुको घुईचो लागेको हो । बिरेनुनको गन्धमा निस्कने... पुरा पढ्नुहोस
बाल विवाहको शृङ्खला रोक्नै मुस्किल, धवलागिरीमा एकपछि अर्को बाल विवाह !
- 5 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७६, बुधबार
कमल खत्री बेनी, २५ मङ्सिर । धवलागिरि गाउँपालिका–१ गुर्जाका २५ बर्षिय एक युवा र वडा नम्बर २ लुलाङकी १९ बर्षिय किशोरीबिच मंसिर अन्तिम साता विवाहको तयारी भयो । वैदेशिक रोजगारिबाट विवाहको लागि घर आएका विश्वकर्मा थरका ति युवा र किशोरीका आफन्त समेत उनीहरुको विवाहको चाँजोपाँजो मिलाउन लागे ।जब विवाहको लागि... पुरा पढ्नुहोस
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन : केसी चयन
- 5 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७६, बुधबार
म्याग्दी २५ मंसिर । म्याग्दीको धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन भएका छन् । छैटौँ अधिबेशन तथा चौधौ कार्यकारी सभाबाट समितिको उपाध्यक्षमा भिमनाथ पराजुली, सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्षमा बमबहादुर पुन चयन भएका छन । कोषको सञ्चालक समितिका सदस्यहरुमा पूर्ण बानियाँ,अम्मर बहादुर बस्नेत,हिराबहादुर बरुवाल,... पुरा पढ्नुहोस
गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन
- 5 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७६, बुधबार
म्याग्दी २५ मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन... पुरा पढ्नुहोस
मानव अधिकार समिक्षा : अधिकार सँगै संस्कृति पनि जोडिन्छ : सांसद के.सी.
- 5 बर्ष, 11 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
म्याग्दी २४ मंसिर । मानवअधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकार सँगै संस्कृतिलाई नि संरक्षण गर्नु पर्ने गण्डकी प्रदेशका सांसद विनोद के.सी.ले बताउनु भएको छ । उक्त कुरा म्याग्दी निर्वाचन क्षेत्र क का सांसद केसीले अनौपचारीक क्षेत्र सेव केन्द्र(इन्सेक) म्याग्दीको अयोजनामा भएको मानवअधिकार समिक्षा तथा अन्तरक्रिया... पुरा पढ्नुहोस
सिमा अतिक्रमणको बिरोधमा शान्ति समाजको धर्ना
- 5 बर्ष, 11 महिना अगाडि
- २४ मंसिर २०७६, मंगलवार
बेनी, २४ मंसिर । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११.३० बजेसम्म धर्ना बसेका हुन् । भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर... पुरा पढ्नुहोस