म्याग्दी समाचार
राहत नपाएको भन्दै पर्वत बेनीका मजदुरहरु सडकमा ओर्लिए (भिडीयाे सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । पर्वतको जलजला गाउँपालिका– ३ वारीवेनीमा लकडाउनको कारण खाद्यान्न संकट भएपछि मजदुरहरु सडकमा ओर्लिएका छन् । बुधवार पर्वत बेनीमा ज्यालामजदुरी गरि गुजारा चलाउँदै आएका ३० जना बढी मजदुरहरु राहतको माग गर्दै घरबाट बाहिर निस्कीएर सडकमा आएका हुन् । https://www.youtube.com/watch?v=S7La3hDeyD8 विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका... पुरा पढ्नुहोस
मंगला गाउपालिकामा राहत वितरण सुरु
- 5 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
बाबियाचौर, २४ चैत । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्टीका प्रतिनिधिहरुले राहत वितरण सुरु गर्नुभएको हो । मंगला गाउपालिकाको... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाद्धारा राहत वितरण सुरु
- 5 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
बेनी, २४ चैत । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ ।विपन्न, श्रमिक र अशक्तहरुलाई बस्ती बस्तीमा पुगेर राहत वितरण सुरु गरेको गाउपालिकाले जनाएको छ । वडा कार्यालयमा आवेदन दिएर छनौट भएका ७९५ घरधुरीका तीन हजार ३४७ जनसंख्याका लागि... पुरा पढ्नुहोस
मजदुरका कथाः ‘जस्ले भेटाएनन् आफ्नै आमा बुबाको अन्तिम संस्कार’
- 5 बर्ष, 5 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
कमल खत्री म्याग्दी २३ चैत । प्रतापपुर गाउँपालिका– १ नवलपरासीका राजकुमार चौधरीले आफ्नो दिवंगत आमाको अन्तिम संस्कार गर्न पाएनन् । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत रहेका चौधरीको आमाको १२ दिन अघि निधन भएको थियो । घरबाट आमाको निधन भएको खवर पाएपछि हतार– हतार घर जाने तरखर... पुरा पढ्नुहोस
बेनी खानेपानीको महशुलमा बीस प्रतिशत छुट, विपन्नको राहतमा एक लाख सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
म्यााग्दी, २३ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउनलाई मध्यनजर गर्दै बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले छुट र राहतको घोषणा गरेको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको संस्थाको बैठकले लकडाउनका कारण प्रभावित भएका बेनी नगरपालिका ७ र ८ का विपन्न बर्गका व्यक्तिको राहतका लागि... पुरा पढ्नुहोस
धवलागिरिमा राहत वितरण सुरु, बेजिल्लाबाट आएकालाई क्वारेनटाइनमा (फाेटाे फिचर)
- 5 बर्ष, 5 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
म्याग्दी २२ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गरेको छ । वडा स्तरबाट गरिब विपन्न र मजदुर घरपरिवारको लगत संकलन गरि लकडाउन अवधिलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु
- 5 बर्ष, 5 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु भएको छ । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न र ज्यालाबजदुरी गरि जिविका चलाउदै आएका परिवारलाई राहत वितरण सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत रु ४ लाख... पुरा पढ्नुहोस
बेनी नगरपालिका–८ का विपन्न र श्रमीक ६३ परिवारलाई राहत वितरण (भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
म्याग्दी २२ चैत । म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहत वितरण सुरु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरिएको हो । https://www.youtube.com/watch?v=Ai0HLDLhNkU शनिवार बेनी नगरपालिका–८ को वडा कार्यालयले ६३ परिवारलाई... पुरा पढ्नुहोस
म्याग्दी चेम्बर अफ कमर्शद्धारा १ हजार थान मास्क वितरण
- 5 बर्ष, 5 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
म्याग्दी, २२ चैत । उद्योगी व्यवसायिहरुको संस्था म्याग्दी चेम्बर अफ कमर्शले म्याग्दीमा एक हजार मास्क वितरण गरेको छ । कोरोना भइरस (कोभिड १९ )को रोकथाम र सर्तकता अपनाउनका लागि चेम्बरले जिल्लाका ६ स्थानीय तह , बेनी अस्पताल र छिमेकि जिल्ला पर्वतको जलजला गाउँपालिकामा गरि एक हजार सर्जिकल मास्क वितरण गरिएको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा एक महिनाको २ लाख ५१ हजार घरभाडा छुटको घोषणा
- 5 बर्ष, 5 महिना अगाडि
- २२ चैत्र २०७६, शनिबार
म्याग्दी , २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष... पुरा पढ्नुहोस