म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

  • २९ आश्विन २०७७, बिहीबार
  • 1183 पटक पढिएको

म्याग्दी २९ असोज । म्याग्दीका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेनटाइनमा बसेका र उपचारका लागि अस्पतालमा पुगेकाहरुको पीसीआर परिक्षणका क्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये बेनी नगरपालिकाका २४ बर्षिय युवा नेपाल आर्मीमा कार्यरत रहेको, जलजला गाउँपालिका ३ घर भई बेनी बस्ने ४९ बर्षिय पुरुष र रघुगंगा गाउँपालिका ५ बस्ने ४३ बर्षिय पुरुष कोरोनाको संक्रमणको लक्षण देखिएपछि बेनी अस्पतालमा उपचारको लागि आएको र उनीहरुको स्वाव संकलन गरि पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

जलजला घर भएका पुरुष कोरोना संक्रमणबाट उपचाररत जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लसंगको कन्ट्याक्ट ट्रेसिङमा परेको र रघुगंगा ५ उल्लेख भएका व्यक्ति रघुगंगा जलविद्यूत आयोजनाको काम गर्न बाहिरबाट आएको व्यक्ति रहेको खुलेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । त्यसैगरि मंगला गाउँपालिका १ का २८ बर्षिय क्वारेनटाइनमा बस्नुभएकी महिलामा कोरोना संक्रमण देखिएको छ ।