म्याग्दी जेसीजद्धारा कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री हस्तान्तरण
- २८ आश्विन २०७७, बुधबार
- 1162 पटक पढिएको
म्याग्दी २८ असोज । म्याग्दी जेसीजले कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ । म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुले बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गर्ने आन्तरिक खेलकुद प्रतियोगीताका लागि जेसीजले रु १२ हजार बराबरको बल, नेट लगायतका खेलकुद सामाग्री सहयोग गरेको हो ।
शाखा अध्यक्ष सुजन बरुवाल, निवर्तमान अध्यक्ष खम थापा मगर, कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठ लगायत जेसीजका पदाधिकारीहरुले कारागारमा पुगेर खेलकुद सामाग्री कैदीबन्दीहरुलाई हस्तान्तरण गरेका थिए । म्याग्दी कारागारमा १२६ जना कैदीबन्दी रहेका छन् ।