नेपाल बाल संगठन मुस्ताङको सभापतीमा पेमा छेतेन चयन
- ३० आश्विन २०७७, शुक्रबार
- 1337 पटक पढिएको
एसके थकाली
असाेज ३० जोमसोम। नेपाल बाल संगठन जिल्ला तदर्थ कार्यसमिति मुस्ताङको सभापती पदमा लोघेकर दामोदरकुण्ड गाउपालिका—३ मुस्ताङ निवासी पेमा छेतेन विक नियुक्त भएका हुन् । नेपाल बाल संगठन केन्द्रिय कार्यसमितिको गत असोज २० गते काठमान्डौंमा बसेको बैठकले साविक जिल्ला कार्यसमिति भंग गरी तदर्थ समिति गठन गर्ने क्रममा विकलाई मुस्ताङ जिल्लाको बाल संगठनको सभापती पदमा मनोनयन गरेको संगठनद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसबारे नेपाल बाल संगठन केन्द्रिय कार्यसमितिले विकलाई सभापती पदमा मनोनय गरिएको व्यवहोरा नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय ,जिल्ला समन्य समिति मुस्ताङ,जिल्ला प्रशासन कार्यालय मुस्ताङ र नेपाल बाल संगठन जिल्ला कार्यसमिति लगायतलाई जानकारी गराईएको छ ।
तदर्थ समितिको जिम्मवारी पाएका विकलाई संगठन बिधान २०४९ उद्देश्य अनुसार बाल संगठनको जिल्लामा रहेको चलअचल संम्पतीको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण गर्न अनुरोध गरेको छ ।यस्तै जिल्ला बाल समितिले जिल्लामा रहेका संरक्षण विहिन बालवालिकाको साहारा बन्ने काममा सहजीकरण गर्न समेत निर्देशन दिएको छ ।
मुस्ताङ जिल्लामा रही २०५२ साल देखि विद्यार्थी राजनितिमा प्रबेश गरेका पेमा छेतेन बिक त्यसपछि २०७१ सालमा अनेरास्वबियु जिल्ला कार्यसमिति मुस्ताङको अध्यक्ष पदमा छन् । उनी नेकपा एमाले र माओवादीबीचको पार्टी एकतापछि अनेरास्वबियुको जिल्ला कार्यसमिति मुस्ताङको संयोजकमा छन् । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका कार्यसमिति सदस्य तथा गैसस मुस्ताङका सचिवको पदमा आवद्ध छन् ।