अखिल क्रान्तिकारीद्धारा बागलुङमा रक्तदान
- २८ आश्विन २०७७, बुधबार
- 901 पटक पढिएको
म्याग्दी २८ असोज । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी धवलागिरी क्षेत्रीय समन्वय समितिले बागलङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ अस्पताल परिसरमा गरिएको रक्तदानमा ४०जनाको सहभागीता रहेपनि स्वास्थ्य अबस्थाका कारण २६ जनाले रक्तदान गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संकटका कारण अस्पतालहरुमा रगत अभाब हुन थालेपछि रक्तदान कार्यक्रम गरिएको अखिल क्रान्तिकारी म्याग्दीका जिल्ला अध्यक्ष चेञ्जोले जानकारी दिनुभयो । अखिल क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकको प्रमुख आतित्यथामा कार्यक्रम सम्पन्न भएको थियो ।