म्याग्दी समाचार

धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)

म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य  हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस

सहयोग नेपालद्धारा बावियाचौरमा कोरोना विरुद्धको जनचेतना, स्वास्थ्य सरसफाईका सामाग्री सहयोग

म्याग्दी २५ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाको केन्द बावियाचौरमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक अभियान गरिएको छ । सहयोग नेपाल संस्थाले गाउँपालिकाको केन्द्र बावियाचौरमा सचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको हो । सो अवसरमा संस्थाले स्वास्थ्य सरसफाईका सामाग्रीहरु समेत वितरण गरेको थियो । सो अवसरमा बजारका विभिन्न... पुरा पढ्नुहोस

म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ कात्तिक । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका–९ का ३० बर्षिय पुरुष र चितवन घर भई बेनी नगरपालिका–४ मा एक वित्तिय संस्थामा कार्यरत २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जोखिमयुक्त... पुरा पढ्नुहोस

कोरोना रोकथामको लागि बेनीमा स्वास्थ्यकर्मीको घरदैलो सुरु, स्वास्थ्य मापदण्ड पालना गराउन सपथ

कमल खत्री म्याग्दी २३ कात्तिक ।  म्याग्दी सदरमुमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमण रोकथाम र नियन्त्रणको लागि अभियान चलाईएको छ । बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणको बारेमा जनचेतना अभिबृद्धि गर्नुका साथै नगरबासीमा कोरोनाका लक्षणहरुको सम्बन्धमा जानकारी लिन टोली परिचालन गरेको हो । बेनी नगरपालिकाले डिसिसिएमसि र स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस

धारापानीको बौरमा पहिरोले बगाएको कुलो मर्मत नहुँदा हिउँदे बाली छाड्नुपर्ने बाध्यता

म्याग्दी २३ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीको बौरमा गत असार २५ गते राती आएको बाढीले बगाएको सिचाई कुलो मर्मत र पुननिर्माण नहुँदा स्थानीयले हिउँदेबाली लगाउन पाएका छैनन् । ताकमको पुछारमा रहेको छहरी खोल्साबाट बौरको खेतको फाँटमा ल्याईएको तल्लो र उपल्लो गरि दुई वटा सिचाई कुलोको करिब ५ सय... पुरा पढ्नुहोस

मौवाफाँटमा १० बेड क्षमताको अस्पताल निर्माण गरिने, बेग स्वास्थ्य चौकी पुननिर्माण हुँने

म्याग्दी २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको... पुरा पढ्नुहोस

बेनीको बन्दा बन्दी कात्तिक २८ गतेसम्म गर्ने निर्णय

म्याग्दी २० कात्तिक । सदरमुकाम बेनी सहित जिल्लाभित्र बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकामा लगाईएको बन्दाबन्दिलाई कात्तिक २८ गतेसम्म जारी राख्ने निर्णय भएको छ । बेनी नगरपालिकाको सिफारिसमा डिसिसिएमसिको बैठकले कोरोना संक्रमणको रोकथामका लागि भन्दै बन्दलाई लम्बाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक जरुरी... पुरा पढ्नुहोस

धवलागिरिमा आवास पुननिर्माणको तयारी : गाउँपालिकाद्धारा प्रधानमन्त्रीलाई ध्यानकर्षणपत्र

म्याग्दी २० कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिकाले आवास पुननिर्माणमा बजेट माग गर्दै संघिय सरकारको ध्यानकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि गाउँपालिकामा पहिरो र बाढीबाट क्षेतिग्रस्त बनेका आवास र पूर्वाधार निर्माणमा आबश्यक बजेटको माग गरेका हुन् ।  ... पुरा पढ्नुहोस

म्याग्दीका तीन स्थानीय तहमा लकडाउन

म्याग्दी २१ कात्तिक । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । यातयात बाहेकका अन्य सेवालाई बन्द गरि जमघट र ठुलो संख्यामा मानिसहरुको जम्मा हुने कार्यलाई नियन्त्रण गर्न जिल्लाका स्थानीय तहहरुले ‘अघोषित लकडाउन’ (सेवा प्रवाह र बजार बन्द) गर्न थालेका... पुरा पढ्नुहोस

प्रतिबन्धित नेकपाको अर्थुङ्गेमा विरोध सभा सम्पन्न

म्याग्दी २० कात्तिक ।प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बेनी नगरपालिका–६ अर्थुङ्गेमा विरोध सभा सम्पन्न गरेको छ । सरकारले कोरोना संक्रमितको उपचार र पिसीआर परिक्षणमा शुल्क असुल्ने निर्णय गरेकोप्रति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विरोध जनाएको हो । अर्थुङ्गे क्षेत्रको एक टोलमा आयोजित विरोध सभामा सो पार्टीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल... पुरा पढ्नुहोस